गुल्मी महोत्सवको अबसरमा तम्घास बजार सरसफाई गरिदै

अनिल खत्री
१४ चैत, गुल्मी । यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवकोअबसरमा बिहिवार अर्थात चैत १५ गते तम्घास बजार सरसफाई गरिने भएको छ । महोत्सवमा धेरै चहलपहल हुनेसँगै सरसफाईको क्षेत्रलाई कसरी सन्दर राख्न भन्दै सरसफाई गरिन लागिएको नगर तथा मेलास्थल सरसफाई समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका पूर्व महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

तम्घास बजार सरसफाईको लागी चैत १५ गते बिहान ७ बजे तम्घासको लाकुरी मञ्च जम्मा भएर बजार सरफाइ गरिने पोखरेलले जानकारी दिए । महोत्सवमा आउने पाहुना तथा आगन्तुकहरुलाई बजार क्षेत्र सुन्दर राख्नको लागी बजार बासी सरसफाई अभियानमा जुटन पोखरेलले आग्रह गरे ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्समा तम्घास बजार क्षेत्रमा पनि सरसफाईलाई बिशेष ख्याल गरिने संयोजक पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ