gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी महोत्सवका दर्शक र सम्पत्तिको बीमा हुने

हुमाकान्त पोखरेल
गुल्मी, २५ चैत । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । आयोजक गुल्मी उद्योग वाणिज्य संघले निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडमा महोत्सवमा सहभागी एवम् सम्पत्तिको बीमा गर्ने भएको हो । सहभागि हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा गरिएको हो ।

सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव संचालन हुदै छ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेको बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

ति सबैको सुरक्षाको लागि देशको निर्जिबन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।

नेको इन्स्योरेन्स लिमिटेडले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । स्मरण रहोस नेको इन्स्योरेन्स लिमिटेडले दावीलाई बिशेष प्रथामिकताका साथ हेर्ने गरेको छ । आफ्ना ग्रहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका कम्पनीका गुल्मी शाखा प्रमुख भरत चन्दले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D