gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी मदानेमा ७ बर्षिय बालक र ७२ बर्षिय वृद्धाले जिते कोरोना

विवश विष्ट
मदाने, २७ गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले संचालन गरेको १० बेडको आइसोलेसन सहितको मदाने कोभिड अस्पताल बाट दुई जना ब्यक्ति कोरोनामुक्त भएका छन । एन्टिजेनबाट कोरोना पोजेटिभ देखिएका उनिहरुलाई श्वास-प्रश्वासमा समस्या देखिए पछि उनिहरुलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका ७ बर्षिय एक बालकलाई २५ गते शनिबार डिस्चार्ज गरि घर पठाइएको मदाने कोभिड अस्पतालले जनाएको छ । त्यसैगरी सोमबार २७ गते भर्ना भएकी ७२ बर्षिय बृद्धालाई पनि घर पठाइएको छ । डिस्चार्ज गरिएकि ७२ बर्षिय बृद्धा मदाने गाउँपालिका वडा नम्बर तीन सिर्सिनी निवासी नैनी कामी रहेको बताइएको छ । उनिहरुलाई स्वासप्रस्वासमा समस्या देखिए पछि उपचार गरिएको थियोे ।

पछिल्लो समय विश्वव्यापि फैलिएको कोभिड १९ को दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि मदाने गाउँपालिकाले सक्रियता देखाएको छ । कोरोना भाइरसबाट संक्रमित भई थप उपचारका लागि मदाने वडा ४ म्यालपोखरीमा १० बेडको आइशोलेसन सहितको मदाने कोभिड अस्पताल निर्माण गरिएको छ । २ वटा अक्सिजन कन्सन्ट्रेसन २८ अक्सिजन सिलिन्डर सहित १० बेडको मदाने कोभिड अस्पताल गाउँपालिकाले निर्माण गरेको हो । साथै मदानेमा आइसियु बेड र भेन्टिलेटर बेड भने छैनन । मदाने गाउँपालिकामा दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना देखिनेको संख्या २२ पुगेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D