gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी प्रहरीद्धारा गाउँगाउँमा लागु औषध बिरुद्धको सचेतना कक्षा संचालन

टोपलाल अर्याल
गुल्मी, १२ असार । जिल्ला प्रहरी कार्यालय गुल्मीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न बिद्यालय र समुदायमा सचेतना कक्षा संचालन गरिरहेको छ । जिल्लाका विभिन्न १७ स्थानमा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्टिय दिवसको अवसरमा सप्ताहाव्यापी सचेतनामूलक कार्यक्रममा गरिएको हो ।

कार्यक्रममा लागु औषधको परिचय, प्रकार, यसबाट हुने असरहरु, नियन्त्रणमा सरोकारवालाको भूमिका, कानुनी प्रावधान, दण्ड सजायँ सम्बन्धि व्यावस्थाका बारेमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पौदी अमराई प्रहरीचौकीको आयोजनामा मुसिकोट नगरपालिका १, अर्खबाङ्ग प्रहरी चौकीको आयोजनामा मालिका ४ अर्खबाङ्गमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

त्यस्तै चारपाला प्रहरीचौकीको आयोजनामा गुल्मी दरवार गाउँपालिका ६, धुर्कोट प्रहरीचौकीको आयोजनामा धुर्कोट गाउँपालिका ४ जैसीथोक र वस्तुमा, प्रहरीचौकी पूर्तिघाटको आयोजनामा कालिगण्डकी गाउँपालिका ४ मा, मजुवा प्रहरीचौकीको आयोजनामा गुल्मीदरवार गाउँपालिका १ मा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिए । त्यस्तै प्रहरीचौकी वामीको आयोजनामा मुसिकोट नगरपालिका ४, प्रहरीचौकी हस्तिचौरको आयोजनामा इस्मा गाउँपालिका १, इस्मा प्रहरीचौकीको आयोजनामा वडा नं ५ र इलाका प्रहरी कार्यालय पुर्कोटको आयोजनामा मदाने गाउँपालिका ६ पुर्कोटदहमा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको यादवले बताए ।

यसैगरी मरभुङ्ग प्रहरीचौकीको आयोजनामा मालिका गाउँपालिका वडा नं ८, प्रहरीचौकी नयाँ गाउँको आयोजनामा धुर्कोट गाउँपालिका वडा नं १, प्रहरीचौकी खज्र्यागको आयोजनामा छत्रकोट गाउँपालिका वडा नं ४ र ५ मा कार्यक्रम गरिएको छ । त्यस्तै प्रहरीचौकी भुर्तुङ्गको आयोजनामा कालिगण्डकी गाउँपालिका वडा नं ७ र प्रहरीचौकी श्रृगाको आयोजनामा छत्रकोट गाउँपालिका वडा नं ४ र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा रेसुंगा नगरपालिका २ को महेन्द्र माविमा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरिक्षक यादवले जानकारी दिए । त्यस्तै जिल्लाभरबाट प्रहरीले चार सय ७५ बोट गाँजा फँडानी गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D