gulminews logo
सोमबार, २०८१ बैशाख २४

गुल्मी प्रशासनमा सेवाग्राहीको भिड: बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रबाह

टोपलाल अर्याल
गुल्मी, ४ असोज । मदाने गाउँपालीका वडा नं १ का ७२ बर्षीय चित्र बहादुर बोहोराले केहि दिन अघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाए । मदाने गाउँपालिका वडा नं १ का वडाध्यक्ष शुसिल चन्दले बुढेशकालमा सामाजिक सुरक्षा प्राप्त गरेपनि जीविकोपार्जनमा केहि सहयोग हुने भएकाले चित्र बहादुरलाई नागरिकता बनाउन समन्वय गरेको बताए । भने बोहोराले अहिलेसम्म नागरिकताको कामनै नपरेकाले नबनाएको प्रतिक्रिया दिए ।

त्यस्तै ८० वर्षका दिनामणी अर्यालले शुक्रबारनै जिल्ला प्रशासन कार्यालयवाट राहदानीका लागि फाराम भरे । उनले बुढेशकालमा भएपनि अष्ट्रेलियामा रहेकी नातिनी कल्पना अर्यालले घुम्न बोलाएको हुँदा श्रीमती मनिकलासहित राहदानी बनाउन आएको बताए । पछिल्लो समयमा जिल्लामा राहादानी बनाउने बृद्धबृद्धाहरुको संख्या पनि बृद्धि हुन थालेको छ । गुल्मी पछिल्लो समय नागरिकताभन्दा नागरिकता बनाउनेहरुको संख्या बढि देखिन थालेको छ । शुक्रबार मात्रै ४८ नयाँ नागरिकता, प्रतिलिपी २३, नाबालक परिचय पत्र तीन, राष्ट्रिय परिचय पत्र एक सय १६ र ८७ जनाले राहादानीको आवेदन दिएका छन् । एक सय ८० भन्दा बढि आएकाले बिहान सात बजेदेखि बेलुकासम्म काम गरे ।

दैनिक १३ घण्टा बढि सेवा

शुक्रबार गुल्मी प्रशासनकै इतिहासमा सवैभन्दा बढि अर्थात एक सय ८९ नयाँ र ६० नागरिकताको प्रतिलिपी वितरण गरिएको छ । पछिल्लो दिन दैनिक डेढ सय बढि नागरिकता र ८० आसपासमा राहादानी वितरण भइरहेका छन् । सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अहिले दैनिक १३ घण्टा बढि नागरिकलाई सेवा दिइरहेको छ । बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा प्रबाह गरेर पनि सवै नागरिकलाई आजको आजै सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । उनले राहादानीको लागि एउटा मात्रै स्टेशनबाट पनि दैनिक ८० कै आसपासमा सेवाप्रबाह गर्दा पनि सेवाग्राहीहरुको भिड कम नभएको बताए । उनको अनुसार दशैपछिको १० दिनमा आठ सय १३ नयाँ नागरिकता बन्दा छ सय ५० राहादानी बनेको छ । पछिल्लो समय नागरिकता बनाउन आउनेहरुको अवस्था हेर्दा नागरिकता भन्दा बढि राहादानी बनाउनेहरुको भिड प्रशासनमा रहेको छ । तर, राहादानीको एउटा मात्रै स्टेशनबाट सेवा दिँदा पनि नागरिकताकै हारहारीमा राहादानी बन्ने गरेका छन् ।

गत बर्ष साढे १३ हजार बढिले नयाँ नागरिकता वितरण

गुल्मीमा एक बर्षमा १३ हजार छ सय १२ जनाले नागरिकता बनाएका छन् । त्यस्तै छ हजार तीन सय ३७ जनाले नागरिकताको प्रतिलिपी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्यांक अनुसार ०७८ को पहिलो साउन महिनामा चार सय १४ नयाँ र दुई सय ९८ जनाले प्रतिलिपी बनाएका छन् । भदौमा नौ सय ७१ नयाँ र प्रतिलिपी तीन सय ७१, असोजमा नयाँ ११ सय नौ र प्रतिलिपी चार सय ३३, कार्तिकमा नयाँ नागरिकता १९ सय १ र प्रतिलिपी सात सय ११ वितरण भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए ।

त्यस्तै मंसिरमा नयाँ नागरिकता १४ सय ८९ र प्रतिलिपी ६ सय ३१, पुसमा नयाँ १९ सय ६४ र प्रतिलिपी सात सय ६९, माघमा नयाँ नागरिकता आठ सय ४९ र प्रतिलिपी तीन सय ३० वितरण भएको गैरेले बताए । फागुनमा नयाँ नागरिकता आठ सय ९३ र प्रतिलिपी पाँच सय ६०, चैतमा नयाँ नौ सय २० र प्रतिलिपी पाँच सय ९६, बैशाखमा नयाँ ६ सय ५२ र प्रतिलिपी चार सय १३ वितरण भएका छन् । जेठमा नयाँ नागरिकता नौ सय ६३ र प्रतिलिपी पाँच सय ७१, असारमा नयाँ नागरिकता १४ सय ८७ र प्रलिलिपी छ सय ४७ वितरण गरिएको जिल्लाम प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

करिव नौ हजारले राहादानी पाए

जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत आर्थिक बर्षमा आठ हजार आठ सय ९६ राहादानीको सिफारिस र छ हजार तीन सय ४६ राहादानी वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट साधारण र दु्रत गरेर दुई खाले राहादानीका सिफारिस हुने गरेका छन् । जसबाट करिव तीन करोड राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीका अनुसार गत साउनमा राहादानी चार सय ६४ सिफारिस र दुई सय ६८ वितरण गरिएको छ । भदौमा छ सय ४८ सिफारिस र तीन सय ५१ वितरण, असोजमा १३ सय ७६ सिफारिस र तीन सय ६८ वितरण, कार्तिकमा १३ सय ५२ सिफारिस र पाँच सय ६० राहादानी वितरण गरिएको छ ।

त्यस्तै मंसिरमा दुई सय ६० सिफारिस र तीन सय ६३ वितरण, पुसमा तीन सय ३३ सिफारिस र सात सय ७१ वितरण, माघमा दुई सय ५४ सिफारिस र चार सय १९ राहादानी वितरण गरिएको प्रशासकीय अधिकृत गिरीले जानकारी दिए ।

फागुनमा चार सय १५ सिफारिस र चार सय ६६ वितरण, चैतमा छ सय तीन सिफारिस र चार सय ८४ राहादानी वितरण गरिएको छ । बैशाखमा छ सय ५८ सिफारिस र पाँच सय ५६ राहादानी वितरण, जेठमा ११ सय २४ सिफारिस र सात सय ३१ वितरण तथा असारमा १५ सय नौ सिफारिस र एक हजार नौ वटा राहादानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D