gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य ? यि हुन् गुल्मीको पछील्लो निषेधाज्ञा सम्बन्धी जान्नै पर्ने कुराहरु

सन्जु काउछा
भदौ ०४ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । भदौ ५ अर्थात भोली शुक्रबार रातिदेखि लागु हुने गरी जिल्लामा निषेधाज्ञा जारी गर्न लागिएको हो ।

बिहीवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तीमा कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणको लागि तत्काल सतर्कता अपनाउन निषेधाज्ञा जारी गर्न लागिएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाईका साथ पालना गराउने सन्दर्भमा जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार भोली शुक्रबार राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म पूर्ण रुपमा लकडाउन हुनेछ ।

निषेधाज्ञा के के चल्न पाउँछन, के पाउँदैनन् ?

लकडाउन अवधीमा अत्यावश्यक सेवा तथा बस्तु बाहेकका सबै सेवा, उद्योग, ब्यापार तथा ब्यवसायहरु बन्द रहनेछन् । अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेले सवारीसाधन प्रयोग गर्न पाउनेछन् । जसमा स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउँछन् । औषधी, खाद्य वस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैला, अस्पातल आउने जाने बिरामी तथा कर्मचारीहरु, मृत्‍यु सँस्कारमा अनिवार्य सहभागी हुनेपर्ने कामका लागि सवारी साधनहरु प्रयोग गर्न पाईने छ । यि सवारी साधनहरुको लागि पुर्व अनुमती पनि आवश्यक पर्ने छैन भने यि बाहेकका सबै खाले सानाठुला सवारी साधन र मोटरसाईकल चलाऊन निषेध गरिएको छ ।

बिकास निर्माणका कामहरु सन्चालन भईरहेका आयोजना स्थलहरुमा स्वास्थ्य तथा सुरक्षाका शर्तहरु पालना गरेर काम भईरहेकै स्थानमा खाने, बस्ने र क्वेरण्टाईनको ब्यवस्था गरेर सन्चालन गर्न पाईनेछ ।

संक्रमण फैलिएका जिल्लाहरुबाट गुल्मी प्रवेश गर्दा ७२ घण्टा भित्रको पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गर्नुपर्नेछ । त्यस्तै अत्यावश्यक कार्यको लागि घर बाहिर निँस्कदा अनिवार्य मास्कको प्रयोग तथा न्युनतम भौतिक दुरीको कायम गर्नुपर्नेछ ।

अत्यावश्यक सेवा प्रदान गर्नु पर्ने सरकारी कार्यालयहरु, बैंक तथा बित्तिय सँस्थाहरुले ५० प्रतिशत मात्र कर्मचारीहरु परिचालन गरेर सन्चालन गर्न पाईनेछ । सबै कार्यालयहरुमा स्वास्थ्य तथा सुरक्षाका शर्तहरु अनिवार्य पालना गर्नु पर्नेछ ।

तरकारी फलफुल र मासुपसल बिहान ७ बजे देखी ९ बजे सम्म जम्मा २ घण्टा खोल्न पाईनेछ भने दुग्ध जन्य उत्पादनहरुको पसल भने बिहान ७ देखी ९ बजेसम्मको अलावा दिउँसो ४ बजे देखी ६ बजे सम्म पनि खोल्न पाईनेछ ।

कुनै पनि मेला, महोत्सब, जात्रा, जुलुस जस्ता धेरै मान्छेहरुको भिड हुने गतिविधीहरु गर्न निषेध गरिएको छ ।

के के बन्द हुनेछन्

  • अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयहरु
  • छोटो तथा लामो दुरीका सबै सार्वजनिक यातायातहरु
  • अत्यावश्यक सेवा बाहेकका सबै सना-ठुला सवारी साधनहरु र मोटरसाईकलहरु
  • मेला, महोत्सब, जात्रा, जुलुस जस्ता धेरै मान्छेहरुको भिड हुने गतिविधीहरु
  • सभा, सम्मेलन, गोष्ठी, तालिम आदी
  • पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, पसल, शपिङ मल, दिपार्टमेण्टल स्टोर्स, शैलुन, ब्युटीपार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समुहमा खेलिने खेल, पुस्तकालय, संग्रालय आदी

निषेधाज्ञा तोडे के हुन्छ ?

जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध पुर्याउने जोसुकैलाई प्रचलित कानुन बमोजीम कारवाही गरिने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D