गुल्मी पुगे ५ नम्वर प्रदेश प्रहरी प्रमुख बस्नेत, जिल्लाको शान्ति सुरक्षाको अवस्था वुझ्ने

प्रेम सुनार
गुल्मी, जेठ २३ । ५ नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले शान्ति सुरक्षा विना समृद्धि मुलक असम्भव हुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको निरिक्षण र यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न आाई पुगेका डिआईजी बस्नेतले आफुलाई ५ नम्वर प्रदेशमा दिईएको शान्ति सुरक्षाको जिम्मेवारी पुर्णरुपमा निभाउने प्रतिवद्धता जनाए ।

संयोगवस छत्रकोट गाउँपालिकाले आयोजना गरेको सरसफाई महाअभियानको उद्घाटन सत्रमा वाटोमा आउँदै गरेका डिआईजी बस्नेतलाई रोकेर सो गाउँपालिकाले सम्मान गरेको थियो । गुल्मी दरबार गाउँपलिकाको विरवास घर भएका डिआईजी बस्नेतलाई गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारीले सरसफाई अभियानको टोपी पहिराउँदै र दोसाल्ला ओढाउँदै सम्मान गरेका थिए ।

हालै मात्र डिआईजीमा बढुवा भई प्रहरी संगठनको ५ नम्वर प्रदेश प्रमुखको कार्यभार सम्हाल्न आएका उनले आफ्नै गाउँपालिकाले सुरु गरेको सरसफाई अभियानमा संयोगवस सहभागी हुन पाएकोमा गौरव महशुस गरेको बताउँदै गाउँपालिकालाई धन्यवात दिएका थिए ।

उनले प्रहरी एक्लैको प्रयासले मात्र शान्ति सुरक्षा सम्भव नहुने भन्दै जनप्रतिनिधी र नागरिक समाज सहित सवै पक्षको सहकार्यमा ५ नम्वर प्रदेश भित्र शान्ति सुरक्षा चुस्त राखिने बताए । उनी संगै लुम्विनी अञ्चलन प्रहरी प्रमुख एसएसपी राजेन्द्रप्रसाद ढकाल पनि निरीक्षणमा आएका छन् । आज घरमा भेटघाटमा ब्यस्त उनिहरुले भोली विहान देखि जिल्लाको शान्ति सुरक्षाको अवस्था वुझ्ने जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ