गुल्मी पहिरो: विस्थापित भोकभोकै, औषधी र खाद्यान्न बीच बाटोमै रोकियो

गुल्मी, साउन ११ । गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ वडाका पहिरो प्रभावितलाई राहत र औषधि पुर्‍याउन कठिन भएको छ ।

आवश्यक राहत सामग्री पुर्‍याउन नसक्दा विस्थापित भोकभोकै परेका छन् । तर राहत सामग्री भने थन्किएको छ । पहिरो जाने क्रम नरोकिएकोले औषधि र खाद्यान्न पठाउन समस्या भएको छ । औषधि र खाद्यान्न अस्लेवामा राखिएको छ ।

अस्लेवाबाट पहिरो प्रभावित क्षेत्र झण्डै ५ किलोमिटर दुरीमा रहेको सत्यवती गाउँपालिका–३ का वडासदस्य रुकबहादुर रानाले बताउनुभयो । ‘विस्थापित नागरिक भोकभौकै हुनुहुन्छ, उहाँहरुका लागि आएको राहत सामग्री बीच बाटोमै थन्किएको छ’, वडासदस्य रानाले भन्नुभयो,‘ प्रदेश र केन्द्र सरकारलाई पनि आवश्यक पहल गरिदिन अनुरोध गरेका छौँ ।’

गाउँपालिकाले सडक खुलाउन पहल भैरहेको जनाएको छ । विस्थापितका लागि खाद्यान्नको समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो । ‘घरहरु क्षतविक्षत अवस्थामा छन्, घरसम्म पुग्ने निकाससमेत छैन’, रानाले बताउनुभयो ।

लिम्घामा तीनवटा घर पुरिएर ८ जनाको ज्यान गएको छ भने ठूलो लुम्पेकमा ५ जनाको ज्यान गएको छ । झण्डै तीनसय ५० घरधुरीका ६ सय नागरिक विस्थापित भएका छन् । उनीहरुलाई धर्मपुर र राम माध्यमिक विद्यालयमा ७ वटा शिविर बनाएर व्यवस्थापन गरिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा रोगको महामारी फैलने जोखिम समेत बढेको छ । गएको सोमबार राति लिम्घा र ठूलो लुम्पेकमा गएको पहिरोले पुरिएका पशुपंछी सडेपछि दुर्गन्ध फैलन थालेको छ । ६ सय बढी बस्तुभाउ पहिरोले पुरिएका र दुर्गन्ध फैलन थालेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी र युवा टोलीले पहिरोमा पुरिएका घरका सामग्री व्यवस्थापन गर्ने, मरेका पशु गाड्ने काम समेत गरेका छन् । तर पहिरोलगत्तै स्थानीय बासिन्दाले मरेका पशु भिरबाट फालेकाले कसरी हटाउने समस्या भएको छ ।

हैजा, झाडापखाला जस्ता रोग फैलन सक्ने भएकाले गाउँपालिकाले ठूलो लुम्पेक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सहितको टोली पहिरो प्रभावित क्षेत्रमा पठाएको छ । साभार: उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D