काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी संघले गुल्मीका पहिरोपीडितलाई ७ लाख रुपैयाँ राहत उपल्बध गरेको छ । संघले सत्यवती गाँउपालिका–४ लिम्घाको भीरकुना र डाङसिंगास्थित कसिङथलामा गएको पहिरोपीडितलाई राहत दिन सहयोग गरेको हो । भीरकुना र कसिङथलामा गएको पहिरोले १३ जनाको मृत्यु भएको थियो ।
संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वको टोलीले त्यस क्षेत्रका सांसदसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रकम बिहीबार हस्तान्तरण गरेका थिए । ज्ञवालीले सहयोग रकम गुल्मीकै राहतकोषमा जम्मा गरिएको बताए ।
अध्यक्ष गुरुङले वैदेशिक रोजगार व्यवसाय मन्दी र संकट रहेको अवस्थामा पनि सहयोग गरिएको बताए ।
साभार : कान्तिपुर