गुल्मी पहिरोको क्षतीमा कांग्रेसद्वारा दु:ख ब्याक्त, हराईरहेकाहरुको खोजि तिब्र पार्न आग्रह

काठमाडौं, साउन ०७ । गुल्मीको सत्यवति गाउँपालिकामा भएको धनजनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर सोमबार राति सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा पहिरोले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सभाषद चन्द्र भण्डारीले उक्त घटनाबाट आफु स्तब्ध भएको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । भण्डारीले लेखेका छन्, “गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा अविरल बर्षाका कारण भएको पहिरोमा पुरिएर १० जनाको मृत्यु तथा ४ जना बेपत्ता र २ जना घाईते भएको खवरले स्तब्ध भएको छु । यस दुःखद घटनामा हराईरहेका ब्यक्तीहरुको खोजिकार्य तिब्रपार्दै राहत र उद्धारमा जुटन सवै पक्षसँग हार्दिक अनुरोध गर्दछु ।” घटनास्थल कांग्रेस नेता भण्डारीको निर्वाचन क्षेत्र पनि हो ।

कांग्रेसले पहिरोले पुरिएर बेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था गर्न माग गरेको छ । साथै, कांग्रेसले घाइतेहरुको उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं ४ का दुई स्थानमा सोमबार राति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको थियो भने केही बेपत्ता भएक छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ