टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाको पद बहाली गरेका छन ।
सो अवसरमा विपन्न नागरिक वडा नं. १ कि नर्मदा रेश्मीलाई घरमा बिजुली जडानको लागि १० हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय सहित १० बुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।
त्यस्तै गाउँपालिकाको बृतचित्र सार्वजनिक र निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।