gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोजकुमार थापा र उपाध्यक्षमा कांग्रेसकै तारा थापा विजयी भएकी छिन्।

सरोजकुमार ६ हजार १६६ मतका साथ विजयी भएका हुन्। त्यस्तै उपाध्यक्ष तारा ६ हजार २७७ मत प्राप्त गरी विजयी भएकी हुन्।

अध्यक्षमा पराजित एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा पराजित एमालेकै सुशीला पुनले ५ हजार ५०० मत ल्याएकी छन्।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।

यता, गुल्मीमा रेसुंगा नगरपालिकामा पनि नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्।

अध्यक्ष र उपाध्यक्षसँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।

वडाध्यक्षतर्फ नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल विजयी भएका छन् । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका रामबहादुर थापा, कांग्रेसकै मुकेश थापा वडा नम्बर ६ मा र वडा नम्बर ७ मा शालिकराम टण्डनले जित निकालेका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार विजयी भएका वडामध्ये वडा नम्बर २ मा विष्णुप्रसाद गौतम, वडा नम्बर ४ मा देविराम पोख्रेल र वडा नम्बर ५ को अध्यक्षमा गुणानिधि पौडेल निर्वाचित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D