gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मी दरबारको ४२ करोड २२ लाख रुपैँयाको बजेट: कृषी, रोजगार र स्वास्थ्यलाई प्राथमिकता

रमेश विश्वकर्मा
गुल्मी, असार ११ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारीत गर्दै विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकट विरुद्व जुद्ध सुशासन, स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारीलाई प्रवद्र्धन जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले जानकारी दिए ।

गाउँपालिकाले सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास भौतिक पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन गर्ने नीति लिएको अध्यक्ष थापाले बताए । नीति तथा कार्यक्रममा आर्थिक विकासका लागि कृषिलाई गाउँपालिकाले बिशेष महत्व दिएको छ । जमिनलाई बाँझो राख्न नपाईने व्यवस्था मिलाउँदै पालिकाभित्र रहेका बाँझो जग्गाहरुको एकिकृत तथ्याङ्क संकलन गरी भूमी बैंकको व्यवस्था मिलाई बाँझो जमिनलाई कृषि उत्पादनमा उपयोग लागि प्रोत्साहन गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

कृषक दर्ता व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बताईएको छ । गाउँपालिकाले कृषि उत्पादन केन्द्र विकास कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम, कृषकसँग कृषि प्राविधिक कार्यक्रम, साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम बहुउद्देश्यीय नर्सरी स्थापना, उपयुक्त स्थानमा सित भण्डार स्थापना गर्ने भएको छ । गाउँपालिकाले ब्यवसायिक कृषि तथा पशुपालनको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने भन्दै युवाहरुलाई ब्यवसायिकतामा लाग्न र उनीहरुलाई अनुदानको ब्यवस्था गर्नेे नीति लिएको छ । युवाहरुलाई ब्यवसायिकतामा जोड दिदै आयआर्जनसंग जोडने र उनीहरुलाई क्षमता विकासका लागि पनि गाउँपालिकाले कार्यक्रमहरु गर्ने जनाएको छ । युवाहरुलाई अल्पकालिन मात्र नभई दीर्घकालिन रुपमा नै कृषि र पशुपालनमा लगाई आयआर्जनमा वृद्धि गर्ने गरी गाउँपालिकाले नीति लिएको छ ।

प्रत्येक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र स्थापना गर्ने, गरिब परिचय पत्र वितरण गर्ने, कस्तो छ आमा कार्यक्रम लागू गर्ने, विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, सुरक्षित सामग्री युक्त घर कार्यक्रम सञ्चालन गर्ने, साथी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने, दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपचार उपलब्ध गारउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै मातृ तथा नवशिशु कार्यक्रम सञ्चलान गर्ने, पोषण कार्यक्रम सञ्चलान गर्ने, पालिकाको शिक्षा नीतिको तर्जुमा गरि शैक्षिक गुणस्तर सुधार गर्ने, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, विद्यालयहरुमा आई.सिटी.को प्रयोगलाई उच्च प्राथमिकता दिने नीति अवलम्बन गरिने, एक वडा एक व्यवस्थित विद्यालयको नीति अवलम्बन गर्दै विद्यालयहरुलाई मर्ज गर्न आवश्यक व्यवस्था मिलाउने, बाल विकास सहयोगी कार्यकर्ताका लागि प्रोत्साहनको व्यवस्था मिलाउने, पालिका स्तरमा खेल शिक्षकको व्यवस्था मिलाउने भएको छ ।

अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिने, माध्यमिक तहको परिक्षालाई लक्षित गरि अंग्रजी, गणित र विज्ञान बिषयको नतिजा सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षण सिकाई सामग्रीहरु वितरण गरिने, शिक्षक अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने, आवासीय तथा गैर आवासिय छात्रवृत्ति उपलब्ध गराईने, सामुदायिक विद्यालयका छात्राहरुको लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने खरकाछाना मुक्त पालिका घोषणा गर्ने अभियान सञ्चालन गरिने लगायत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

गाउँपालिकाले सडक, खानेपानी तथा पुर्वाधार निर्माण, पर्यटन विकास, लक्षित समूह बिकास कार्यक्रम संस्थागत क्षमता बिकास सुशासन र सेवा प्रबाहलाई जोड दिदै विपद् व्यबस्थापनलाई प्रभाबकारी बनाइने गरी नीति तथा कार्यक्रम पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । सोही नीति अनुसार गाउँपालिकाले ४२ करोड २२ लाख २३ हजार ८ सय ६४ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्यहरु :

अध्यक्ष थापाले चालु आर्थिक वर्षमा गाउँपालिकाले सम्पन्न गरेका विभिन्न खालका महत्वर्पर्ण कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले विश्वव्यापी माहामारीको रुपमाफैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रणको लागि आवश्यक व्यवस्था मिलाएको बताए । गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले सामूदायिक र संस्थागत तथा सामूदायिक र सामूदायिक विद्यालयहरुको समायोजन गरेको छ ।

पालिका भित्रका प्राविधिक धार तर्फ अध्ययन गर्ने मेधावी छात्र छात्राहरुलाई छात्रवृत्ती वितरण गरेको थियो । पालिका वासीहरुलाई शुद्ध र स्वच्छ खानेपानीको सहज रुपमा उपलब्ध गराउनको लागि लिफ्टिङ्ग खानेपानी योजनाहरु सञ्चालन गरि एक घर एक धारा अभियान सञ्चालन गरिएको थियो । खरका छाना मुक्त गाउँपालिका बनाउन जस्तापाता वितरण गरेका अध्यक्ष थापाले बताए ।

त्यस्तै सेवा प्रवाहलाई छिटो छरितो बनाउनको लागि दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गरिएको छ । कृषि उत्पादन वृद्धि गर्नको लागि पकेट क्षेत्र निर्धारण गरिएको । स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउनको लागि निःशुल्क औषधी तथा स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको छ । पालिका भित्रका मूख्य सडकहरुको स्तरोन्न्ती गरिएको छ ।

पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको । पर्यटन पूर्वाधर सम्बन्धीका कार्यहरु गरिएको, विद्यार्थी र अभिभावक बीच स्वास्थ्य सचेतनाको लागि साथी शिक्षा कार्यक्रम सञ्चालन गरिएको र लक्षित वर्गको उत्थानको लागि विभिन्न कार्यक्रमहरु सञ्चलान गरिएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D