gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी दरबारका आमालाई पोषण प्याकेज

गंगा खड्का
गुल्मी, १६ जेठ । गुल्मीदरवार गाउँपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पोषण प्याकेज वितरण गरेको छ । सातवटै वडामा गरी ६ सय ३३ जना आमाहरुलाई प्याकेज वितरण गरिएको हो ।
आमाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र कुपोषणबाट जोगिने उद्देश्यले पोषण प्याकेज प्रदान गरिएको पालिकाले जनाएको छ । पोषणका सामग्रीको झोला पाएपछि आमाहरु खुसी भएका छन् । एक कार्यक्रमका बीच वितरण गरिएको प्याकेज कार्यक्रममा आमा, बच्चा र गर्भवती महिलाहरुलाई स्तनपान एवं पोषणका विषयमा समेत अभिमुखीकरण गराइएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी गराए । उनका अनुसार एक नम्वर वडा बलिथुममा २४ जना गर्भवती, ८२ जना २ वर्षमूनिका बच्चा, २ नम्वर जुभुङमा २१ जना गर्भवती, ७९ जना २ वर्षमूनिका बच्चा, ३ नम्वर गौडाकोटमा २१ जना गर्भवती, ३३ जना २ वर्ष मूनिका बच्चा, ४ नम्वर बिरवासमा १७ जना गर्भवती, ८८ जना २ वर्षमूनिका बच्चालाई प्याकेज वितरण गरिएको छ । पोषण प्याकेज सहितको झोलामा अण्डा, केरा, दाल, नुन सहित सरसफाईका सामग्री राखिएको छ ।
त्यस्तै, ५ नम्वर अमरअर्बाथोकमा ११ जना गर्भवती महिला, ६४ जना २ वर्षमूनिका बच्चा, ६ नम्वर चिनियापोखरीमा १८ जना गर्भवती महिला, ४७ जना २ वर्षमूनिका बच्चा र ७ नम्वर ठूलापोखरामा १४ जना गर्भवती महिला र १ सय १४ जना २ वर्षमूनिका बच्चा कार्यक्रमबाट लाभांवित भएका छन् । कुल १ सय २६ जना गर्भवती महिला र ५ सय ७ जना २ वर्षमूनिका बच्चाहरुलाई प्रत्यक्ष लाभ मिलेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D