gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी तर्फ आउँदै गरेका ४ सवारी पहिरोले बगायो, दुईको मृत्‍यु

गुल्मी, ८ असार । बुटवलबाट रिडीतर्फ आउँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन् । गुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका- ११ सम्मवारीमा गएको पहिरोमा ती गाडी पुरिएका हुन् । रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो ।

अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले बताए । पहिरोले गाडी बगाएको खबर प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन् । घटनास्थलबाट ३ जनाको उद्धार गरिएको छ भने २ जनाको शव भेटिएको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा जहाँसुकै पहिरो र बाढीको जोखिम रहेको छ । त्यहाँ पनि तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । सोही स्थानमा माथिबाट पहिरो खस्दा गाडी बगाएको हो । लगातार परेको पानीका कारण यहाँ सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D