gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी तम्घासमा सवारी साधान चोरी गर्ने अभियुक्त सार्बजनिक

अनिल खत्री

२५ फागुन, गुल्मी । गुल्मीमा सदरमुकाम तम्घासमा बिभिन्न सवारी साधान चोरेर आतंक फैलाउने अभियुक्त सार्बजनिक गरेको छ । सदरमुकाम तम्घासमा सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अभियुक्त चुदाराले फागनु १८ गते राति जिल्ला जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ आदर्श पथमा पार्किङ्ग गरी राखेको केशव अधिकारीको लु.१.च.६१६४ नं. को सेतो रङको बलेरो डवल क्याप गाडी चोरी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराइले बताए । अभियुक्त चुदाराले पेचकसले ढोका खोली गाडी भित्र रहेको सानो चाबीले स्टार्ट गरी उक्त गाडी लगी धुर्कोट पुगी पुन फर्कि हुलाके हँुदै ईन्द्रगौडा भई सत्यवती गाउपालिकाको उर्लीखोला भन्ने स्थानमा पुग्दा गाडीको स्टार्ट बन्द भए पश्चात सोही स्थानमा छोडेर त्यहाबाट हिड्दै घरमा आएको प्रहरीलाई बयान दिएको (एसपी) भट्टराइले बताए ।

त्यस्तै सोहि अभियुुक्तले फागुन २२ गते राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १ उदिनढुङ्ग ओरालो मन्दिर नेर पार्किङ्ग गरी राखेको लु.५७ प. ४५५ नम्बरको १५० सि.सी.को रातो कालो पल्सर मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । अभियुक्तले तारलाई डाईरेक गराई स्टार्ट गरी लिएर आउदै गर्दा मिलनचोक स्थित अमित होटल अगाडी आई पुग्दा स्टाट बन्द भए पश्चात उक्त स्थानमा छोडी हिडेको प्रहरीले बयान दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही स्थानमा कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा.७४प.९३९० नम्बरको खरानी रङ भएको मोटरसाइकलन लाई तार राखि डाईरेक्ट स्टार्ट गरी रेसुङ्गाको वडानम्बर–७ स्थित नेटा भन्ने स्थानमा गई त्यहाबाट फर्कि तम्घास स्थित कुडापानी भन्ने स्थानमा बिहान करिब ०५ः०० बजे सम्म बसेको प्रहरीले जनाएको छ ।

त्यहाबाट मोटरसाइकल अर्घाखाँचीको डाडाकटेरी भन्ने स्थनमा गई त्यहाबाट बिहान ११ः०० बजे सोहीबाटो हुदै सिमलटारी हुँदै आफ्नो घर रेसुङ्गा वडानम्बर–७ भुजेलखर्क आउने क्रममा होटलमा पसी नास्ता खादै गर्दा पिछा गर्दै आएको प्रहरीले फेला (एसपी) भट्टराइले बताए । पछिल्लो केहि दिन यता सदरमुकामबाटै सवारी साधान चोरी हुनेक्रम बढेपछि स्थनीय त्रसित भएका थिए ।

जिल्ला सदरमुकाम तम्घास सहित ग्रामीण वस्तीहरुमा पछिल्लो समय चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D