gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द, मेला महोत्सवमा पनि रोक

टोपलाल अर्याल
गुल्मी, २८ पुस । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केहि समय अघिनै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो । तर, जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । पुर्व निर्धारित परिक्षाहरुको सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ । माघे संक्रान्तीका अवसरमा रुरु क्षेत्र, छाप, छल्दी लगायतका स्थानमा हुने मेला र महोत्सव बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ ।

स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने, लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने, उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ ।

त्यस्तै जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं नीजि सवारी साधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने र सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक नि–संक्रमण गर्ने र सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीका अहिले १२ जना सक्रिय संक्रमित रहेका छन् । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले कोभिड १९ को बारेमा अवगत गराउँदै आत्म अनुशासनका विधिनै नियन्त्रणको प्रमुख उपाय भएको बताए । ओमिक्रोन र डेल्टा दुवै खाले भाइरसको चर्चा भएको स्थानीय तहसंगै सरकारी संयन्त्रको व्यवस्थित कार्ययोजना र नागरिक आफु चनाखो बन्नुको अर्को बिकल्प नभएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D