अजय खड्का
गुल्मी, ३ भदौ । गुल्मी जिल्ला १ हप्ताको लागी लकडाउन गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा डिसिसीएमसीको बैठकले भाद्र ५ गते राति १२ बजे देखि लागु हुने गरि एक हप्ताको लागि गुल्मी जिल्लामा लक्डाउन गर्ने निर्णय गरेको हो ।
बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले बढ्दो चहलपहलसंगै समाजमा कोरोना संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला लक डाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भारत कुमार शर्माले जानकारी दिनुभयो।