gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष स्थापना

अनिल खत्री
२५ पुस, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो । हायता कक्ष स्थापना गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जाडो मौसमसँगै ओमीक्रोन भाइरसको संक्रमण बढ्न थालेकाले सेवाग्रहीको स्वास्थ्य जाँचका लागि स्थापन गरिएको बताए ।

उनले सेवाग्रहीको स्वास्थ्य सुरक्षाका लागि परामर्ससँगै माक्स सेनीटाइजर वितरण गरिने बताए । सहायता कक्षबाट प्रेसर, मधुमेह, ज्वरो सामान्य खालका अन्य स्वास्थ्य समस्याहरु पहिचाहन गरेर बिशेषज्ञ सेवाका लागि पठाइएने व्यवस्था गरिएको पौडेलले बताए । सामान्य खालका समस्याहरु भए सहायता कक्षबाटै समधान गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

प्रशासन कार्यालयमा नागरिता, राहदानी, राष्ट्रिय परिचय पत्र, मतदाता नामावली लगायतका कामको लागि धेरै सेवाग्रही आउने भएकाले चेक जाँक का लागि सहायता कक्ष राखिएको बताए । सेवाग्रहीको चाप हुने स्थानमा रोग लुक्ने नागरिकहरुको स्वास्थ्य जोखिम हुनेभएकाले बृद्धबृद्धाहरु, जेष्ठ नागरिकहरुलाई बिषेश प्रथामिकता दिएर चेक जाँच गरिने पौडेलले बताए ।

प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ । सहायता कक्षमा ज्वरो मापन, रुघाखोकी, लागे नलागेको बारेमा सोधपुछ हुने र आबश्यक परामर्स गरिने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D