gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मी जिल्लामा एमआरपी फारम संकलन बन्द

सन्जु काउछा
०७ मंसिर । जिल्ला प्रशासासन कार्यालय गुल्मीले अबदेखि एमआरपी राहादानी फारम संकलन नगर्ने भएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै विद्युतिय राहदानी जारी गर्ने तयारी भइरहेकोले परराष्ट्र मन्त्रालयको राहादानी बिभागको पत्राचार अनुसार नै फारम संकलन नहुने जनाएको छ ।

विद्युतिय राहदानी जारी सम्बन्धी राहदानी शाखामा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम/व्यवस्थापनका साथै अन्य पूर्वाधारहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकोले पनि आज देखी एमआरपीको फारम संकलन नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मंसिर महिना भरीमा राहदानी विभागले तोकेका जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा समेत विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी हुने भएकोले अर्को सूचना नआएसम्म एमआरपी राहदानीको फरम संकलन नहुने भएको हो ।

विद्युतीय राहदानी वितरणका लागि एमआरपी फारम संकलन नगर्ने व्यवस्थाका लागि राहदानी विभागले २ मंसिरमा पठाएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि राहदानीको एमआरपी फारम संकलन बन्द गरेको हो ।

अबको करिब एक महिना पछि पूर्ण रुपमा नेपालबाट माग अनुसार विद्युतीय राहदानी जारी हुन सक्ने अवस्था भएको जिल्ला प्रशासन कार्यलयद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । “हाल लाग्ने भन्दा कम्तिमा पनि आधा समयमा नै जिल्लाहरुमा राहदानी आईपुग्ने व्यहोरा जानकारी गराउँछौँ”, बिज्ञप्तीमा भनिएको छ, “अव उप्रान्त अत्यन्त जरुरी भई कारण र प्रमाण सहित आएका सेवाग्राहीलाई मात्र द्रुत सेवा मार्फत हालको मेसिन रिडेबल राहदानीको लागि सिफारिस गरिनेछ ।”

हस्त लिखित पहिलो, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दोश्रो र विद्युतीय राहदानीलाई तेश्रो जेनेरेसन मानिएको छ । विद्युतीय राहदानीलाई एमआरपीभन्दा सुधारिएको प्रविधि सहितको दावी गरिएको छ । इ–पासपोर्टमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन् । अगाडि वा पछाडिको कभरमा वा मध्यपृष्ठमा चिप र एन्टेना इम्बेड गरेर राखिएको हुन्छ । सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ । विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D