Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी जिल्लाबाट ४५ वटा उजूरी अख्तियारमा, सबैभन्दा धेरै स्थानिय तहका - Gulminews

गुल्मी जिल्लाबाट ४५ वटा उजूरी अख्तियारमा, सबैभन्दा धेरै स्थानिय तहका

अनिल खत्री
२३ मंसिर, गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मी जिल्लाबाट ४५ वटा उजूरी दर्ता भएका छन् । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा तथ्याङक सार्बजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७७÷०७८मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लाका ४५ वटा उजूरी दर्ता भएकोमा १३ वटा फर्स्यौट भएका छन् । अब ३२ वटा उजूरी बाँकी रहेको भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

क्षेत्रगत रुपमा स्थानीयतहका १६ वटा, शिक्षातर्फ १३ वटा, खानेपानीका ४ वटा, भौतिक पूर्वाधारका ३ वटा र अन्य ९ वटा भष्ट्रचारसंग सम्बन्धीत मुद्धा रहेका पाण्डेले बताए । गुल्मी जिल्लामा भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवस एक कार्यक्रम गरेर मनाइएको छ ।

दिवसको अबसरमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D