गुल्मी, कार्तिक २८। गुल्मी दरबार गाउँपालिका वार्ड नं २ साविक जुभुंग गाबिसको फोक्सिबासमा गए राति भएको जिप दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत भएको छ । घटनास्थल मै मृत्यु भएका जिप चालक जुभुंग फोक्सिबास कै २८ बर्षीय मेख बहादुर गाहा रहेका छन्। शवको मजुवा प्रहरी चौकीबाट मुचुल्का र दुर्घटना स्थलको पनि मुचुल्का गरि अहिले तम्घासका लागि पठाउन लागिएको गुल्मी दरबार गाउँपालिका वार्ड नं २ वार्ड अध्यक्ष हरिहर गौतमले जानकारी दिनु भयो।

उता घाइते ४ जनाको पाल्पा प्रबासमा उपचार भैरहेको छ। बाहिर देखिने चोटपटक नदेखिएकोले सबैको अवस्था सामान्य रहेको र एक्स रे लगायात अन्य भित्रि परिक्षणहरु हुँदै गरेको घाइते संगै रहेका कमल थापाले जानकारी दिनु भयो। ३० बर्षीय प्रेम बहादुर पल्ली, ३५ बर्षीय श्री रासकोटी, २४ बर्षीय घन बहादुर गाहा र १६ बर्षीय एलिस पाल्पाली रहेका छन्।

घाइतेहरु सबै जुभुंग हटिया/फोक्सिबस निवासी रहेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभरग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप गए राति करिब १० बजे तिर दुर्घटनामा परेको थियो। जिप चालकको घटनास्थल मै मृत्यु भएको थियो।