सन्जु काउछा
गुल्मी, असौज १९ । दशै मान्न गुल्मी जाने क्रममा छुटेको सुनको गहना खोजेर गुल्मी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । आईतबार बुटवलबाट गुल्मीको तम्घास जाने क्रममामा हरिलाल गिरीको सुनको गरगहना सहितको समान गाडीमा छुटेको थियो ।
गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं. ८ बस्ने हरिलाल गिरीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै प्रहरीले सामानको खोजी थालेको थियो ।

प्रहरी निरिक्षक चुडामणि पुनको कमाण्डमा खटी गएको प्रहरी टोलीले सामान छुटेको बा.३ ख ८१३३ नं. को गाडी पत्ता लगाई छुटेको समान फेला पारेको हो । सो गाडीमा छुटेको सुनका गरगहनाहरु २ वटा चन्द्रमा, १ वटा तिलरी, १ वटा सिक्री गरी अन्दाजी दुई लाख रुपैँया बाराबरको सुनको गरगहनाहरु सम्बन्धित व्यक्ति हरिलाल गिरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।







