गुल्मी-छापचौर की युबतीको नयाँ दिल्लीमा रहस्यमय निधन

देबेन्द्र केसी ,बुटवल
गुल्मी जिल्ला ,कालीगण्डकी गाँउपालिका ,वडा नम्वर ७ सेरेखोला घर भै हाल भारत को राजधानी नयाँ दिल्ली मा कार्यरत नरेश बिक की श्रीमति शर्मिला बिकले नयाँ दिल्ली नजिकै गुडगाँव,पालम बिहार ,सेक्टर २३ ए ब्लक को पार्कमा चुन्नीको फेरोले पासो लगाई रहस्यमय परिस्थितिमा आत्महत्या गरेकी छिन।गत ६ अक्टुवर का दिन राती करिव एघार बजे श्रीमान र जेठाजु संग सामान्य भनाभन गरेर निस्किएकी शर्मिला बिक ७ गते बिहान डेरा नजिकैको पार्कको चार मिटर सानो रुखमा झुण्डिएको अवस्थामा फेला परेको नयाँदिल्ली बाट स्थानिय समाजसेवी टिका बहादुर कार्कीले जानकारी गराउनु भएको छ।

नेपाली जनसम्पर्क समिति भारत का क्षेत्रिय कोषाध्यक्ष र गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति (भारत)का अध्यक्ष समेत रहेका कार्की ले धटना बारे जानकारी दिदै भन्नुभयो’पाँच फुट भन्दा अग्ली रहेकी मृतक बिक चार फुटको सानो रुखमा कसरी झुण्डिईन? यो आत्महत्या होईन सुनयोजित हत्या हो ‘ १३ बर्षिय छोरा र १० बर्षिय छोरी रहेकी मृतक बिक को आत्म हत्या बारे नयाँदिल्लीका बिभिन्न संघ संस्थाहरुले पनि मुख खोल्दै बिरोध जनाएका छन। नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रतिनिधि बाबु रोका मगर ,नेपाली देशभक्त आवाज का अध्यक्ष हरि रोका ,अखिल भारत नेपाली एकता समाज का ओम बहादुर खत्री र स्थानिय समाजसेवी बिपना शाहिले घटना रहस्यमयी भएको भन्दै थप अनुसंधानको माग गरेका छन ।

बाह्यपक्ष बाट थप अनुसंधानको माग भएपनि मृतकका श्रीमानले भने आफै झुण्डिएको प्रतिकृया दिदै शव बुझेर दाहसंस्कार पनि गरिसकेका छन। द्वन्दकालमा तत्कालिन माओबादीमा छामामार रहेकी मृतक बिक ‘कसैले भनेको नसुन्ने ,आफ्नै ढिपी गर्ने र स्थानियहरु संग बढि हिम चिम गर्ने गरेको आफन्तहरुले बताएको’ समाजसेवी कार्कीले बताउनुभएको छ। हाम्रा नयाँदिल्ली सहकर्मी मुकुन्द पौडेलले रिपोर्टमा जनाएअनुसार ‘मृतकको मृत्यु सहज नभएको र संभवत हत्या भएको हुन सक्ने ‘बताएका छन । पोस्टमार्टम रिपोर्ट तिन दिनपछि आउने भएपनि आफन्तहरुले स्थानिय संध सस्थाको रोहबरमा हिजै अनत्येष्ठी पनि गरिसकेका छन।

मृतकको आर्थिक अवस्था एकदमै नाजुक रहेको भन्दै स्थानिय गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति(भारत)ले सात हजार रुपैया र गुडगाँव स्थित रुरु ट्रावल्स ले परिजनहरुलाई नेपाल सम्म ल्याउने ब्यवस्था गरिएको ट्रावस्स का प्रवंन्धक केशव खनाल ले बताएका छन। डेराबाट भनाभन गरेर निस्किएकी बिकलाई रातमा तिब्र खोजी गरिएपनि बिहान मात्र पार्क मा फेला पारेको आफ्नतहरु लाई उध्रित गर्दै सहकर्मीले जनाएका छन। घटनाको थप अनुसंधानको माग भएपनि धटनास्थलमा मृतक संग जवरजस्ती गरिएको ,शरिरमा घाउचोट लागेको भने देखिएको छैन ।

मृतक सामान्य परिस्थितिमा टुक्रुक्क बसेकी छिन भने लगाएको कपडा,घडी लगाएतका समानहरु भने जस्ताको तस्तै रहेको रिपोर्टमा जनाईएको छ । “घटना सामान्य परिस्थितिमा गरिएको आत्महत्या जस्तै देखिएको छ तैपनि हामीहरु पोस्टमार्टम रिपोर्ट को प्रतिक्षामा छौ रिपोर्टमा हत्या समन्धी कुनै कारणहरु देखिए थप अनुसंधान गर्छौ र दोषी जो कोहिपनि भए कार्वाही गर्छौ” पालम बिहान प्रहरी चौकीका ईन्चार्जले भने। कामको खोजीमा भारतका नगरहरुमा पुग्ने नेपाली युवायुवती हरुमा पछिल्लो पटक आत्महत्या गर्ने प्रबृति बढ्दो छ र अहिले सम्म चार जना गुल्मेलीहरुले नयाँदिल्लीमा आत्महत्या गरिसकेका छन।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D