gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी क्षेत्र नम्बर–१ मा पहिरो रोकथाम गर्न ३ करोड बढि रकम बिनियोजन

अनिल खत्री
२० बैशाख, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम वस्तीमा पहिरो रोकथामका लागि गर्न ३ करोड बढि बजेट बिनियोजन भएको छ । जिल्लाका बिभिन्न स्थानमा पहिरोका कारण वस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख बिनियोजन भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट पहिरोका कारण वस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि बजेट बिनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । पहिरोका कारण वस्ती जोखिममा परेको रुरु क्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घामा टाहाटीम पहिरोका रोकथामका लागि रु ७५ लाख, सत्यवती गाउँपालिकाको वडानम्बर–५ हँसराको सुन पहिरोका रोकथामका लागि रु ४५ लाख, छत्रकोट गाउँपालिकाको वडानम्बर–४ दिगाम स्थित दिगाम पहिरो रोकथामका लागि रु ७५ लाख रकम बिनियोजन भएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौर भँगारी पहरो रोकथामका लागि रु ५० लाख, रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थानपति मनबाग पहिरो रोकथामका लागि रु ७५ लाख बिनियोजन भएको नेपालीले बताए । बिनियोजन भएको रकम यसै आर्थिक वर्षमा खर्च गरिसक्नु पर्नेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D