गुल्मी, मंसिर ०५ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा एमालेका बिष्टले ६७२ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ६०२ मतसहित उनलाई पछ्याइरहेकी छन् । बदर मतको संख्या ७२ रहेको छ ।
इस्मा गाउँपालिका हिमालय मावि हस्तिचौरबाट क्षेत्र नं २ को मतगणना सुरु गरिएको छ । गुल्मी क्षेत्र नं २ बाट पुर्व सहकर्मीद्वय नेकपा एमालेका गोकर्ण बिष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री चुनावी प्रतिस्पर्धामा छन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । चुनावमा झाँक्रीलाई गठबन्दनको साथ रहेको छ ।