gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी कोरोना संक्रमित मुक्त जिल्ला

अनिल खत्री
१३ फागुन, गुल्मी । गुल्मीमा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेपछि जिल्ला संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

जिल्लामा हाल होम आइसुलेशनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लामा ९ सय ५२ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

जिल्लामा हालसम्म ५हजार ९ सय ६१ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भएको आचार्यले बताए ।

जिल्लामा हाल कोरोनाविरुद्धकोे  खोप लगाउने दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणमा लगाइएको तथ्याङ्क अनुसार हालसम्म ४हजार १७५ जनाले कोरोनाविरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना आचार्यले बताए ।

तेस्रो चरणको खोप जिल्लामा फागुन २३ गते देखी लगाउने भएका छन् । पहिला सदरमुकामै आएर खोप लगाउनु पर्दथ्यो भने अहिले स्थानीय तहका स्वास्थ्य चौकी बाट खोप लगाइने भएको छ ।

स्थानीय तहमा रहेका स्वास्थ्य चौकीबाट ५५ वर्ष माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D