gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी काङ्ग्रेसद्वारा लुम्बिनी प्रदेश उपसभापतिमा निर्वाचित श्रेष्ठसहित सदस्यहरुलाई सम्मान

सन्तोष महतारा
गुल्मी, २१ पुष । नेपाली काङ्ग्रेस गुल्मीले जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्रमा निर्वाचित पदाधिकारीसिहत सदस्यहरूलाई सम्मान गरेको छ । नेपाली काङ्ग्रेस गुल्मीको पहिलो बैठकको अवसरमा प्रदेश र केन्द्रमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सिङ्गो गुल्मी काङ्ग्रेसको तर्फबाट सम्मान गरेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

सम्मान पछिको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले आफुसहित निर्वाचित सदस्यहरुलाई सम्मान गरेकोमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीलाई धन्यवाद व्यक्त गरे । संघीय संरचना अनुसार काङ्ग्रेसको संगठन स्थानीय तह, प्रदेश तह, क्षेत्रीय तह र प्रदेश स्तरीय संगठनले महत्त्वपूर्ण काम गर्नुपर्ने लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले बताए । गुल्मी जिल्लामा मात्र संगठन निर्माण गर्ने जिम्मेवारीमा रहेकोमा अब लुम्बिनी प्रदेशभर आफ्नो जिम्मेवारी रहेको भन्दै संगठन निर्माणमा आफू निरन्तर लागि रहने पनि श्रेष्ठले बताए ।

नेपाली काङ्ग्रेस गुल्मीका निवर्तमान सभापति समेत रहेका श्रेष्ठले अहिले नेपाली काङ्ग्रेसले सबै जातजाति, भाषाभाषी, महिला र सिमान्तकृत सबैलाई समेटेर अगाडि बढेको कारणले अबका दिनमा काङ्ग्रेस अरु पार्टी भन्दा पछि पर्न नहुने बताएका थिए ।

अन्य पार्टीमा ताली पड्काएर महाधिवेशन हुने कुरा उल्लेख गर्दै एमाले र माओवादीमा एक ब्याक्तिले नाम ताेकेर केन्द्रीय कमिटी बनाएको भन्दै एमाले र माओवादी भन्दा राप्रपा लाेकतान्त्रिक बनेको बताएका थिए । लाेकतान्त्रिक विधि र पद्धतिले नेतृत्वकर्तामा जाे पनि आउने वातावरण नेपाली काङ्ग्रेसमा मात्र भएको लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले कार्यक्रममा बताएका थिए । नेपाली काङ्ग्रेसमा आबद्ध सबैलाई श्रेष्ठले नैतिकवान् र आदर्शवान् हुन समेत आग्रह गरेका थिए ।

श्रेष्ठले स्थानीय तहकाे निर्वाचन नजिकिँदै गरेको कारणले नेपाली काङ्ग्रेस पदको लागि मात्र नभएर पदमा रहेर पनि वा नरहेर पनि जनताको हितमा काम गर्न नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिलाई आग्रह गरे । वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पनि काङ्ग्रेसलाई जिताउन सबैले अन्तरमनबाट सहयोग गर्नुपर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठसहित प्रदेश सदस्यहरु बिष्णु कुमारी सापकोटा, द्राेण बहादुर खत्री र कल्पना घिमिरेलाई सम्मान गरिएको हो ।

नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले संगठनलाई सबल र सक्षम बनाउन पहिलो बैठकमा महत्वपूर्ण छलफल भएको बताए । गुल्मी जिल्लामा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने सबैको मुख्य ध्येय भएकोले यो सपना साकार हुने कार्यक्रममा बताए । सबैलाई अनिवार्य रुपमा नेपाली काङ्ग्रेस गुल्मीले जारी गरेका आचारसंहिता पालना गर्न आग्रह गर्दै नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले सबै एकजुट बनेर मात्र गुल्मीमा तिनै तहका निर्वाचन नेपाली काङ्ग्रेसले जित्ने बताएका थिए । नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले संचालन गरेको कार्यक्रममा नेपाल काङ्ग्रेस सिङ्गो जिल्ला कार्यसमितिका पदाधिकारीसहित सदस्यरहरु सहभागी थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D