गुल्मी काग्रेसले टुङ्गायो उम्मेदवार

शिवलाल सुवेदी
गुल्मी १५ कात्तिक, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गुल्मीमा काग्रेसले उम्मेदवारहरु टुङ्ग्याएको छ । नेपाली काग्रेस गुल्मीका पाटी सभापति भुवन प्रसाद श्रेष्ठका अनुसार २ प्रतिनिधी सभा र ४ प्रदेश सभाका लागि उम्मेदवारहरुको टुङ्गो लागेको हो ।

प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा पूर्व सासंद चन्द्र भण्डारी र क्षेत्र नम्बर २ वाट चन्द्र केसी उम्मेदवार भएका हुन । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. १ मा पृथ्बी फौदार, क्षेत्र नं. २ धनेन्द्र कार्की, क्षेत्र नं. ३ मा शालिक पन्थी र क्षेत्र नं. ४ मा छन्दबहादुर पहराई उम्मेदवार भएको नेपाली काग्रेस गुल्मीले जनाएको छ । उम्मेदवारका आकाक्षीहरु धेरै भएकाले चयनमा समस्या आएको भएपनि मनोनयन दर्ताको अघिल्लो दिन बुधवार विहान मात्र उम्मेदवारहरुको टुङ्गो लागेको हो । गुल्मीमा भोली विहीवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यता बामगठबन्धनबाट प्रतिनिधी सभाका लागि क्षेत्र नं. १ मा नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवाली र क्षेत्र नं. २ मा अर्का केन्द्रिय सचिव तथा पूर्व मन्त्री गोकर्ण बिष्ट उम्मेदवार भएका छन । त्यस्तै प्रदेशसभाका लागि बामगठबन्धनबाट क्षेत्र नं. १ मा माओवादी केन्द्रका पुर्व सासंद सुदर्शन बलाल र क्षेत्र नं. २ मा नेकपा एमालेका पूर्व सासंद कमलराज श्रेष्ठ उम्मेदवरा भएका छन भने क्षेत्र नं. ३ मा एमालेका खड्ग केसी र क्षेत्र नं. ४ मा माओवादी केन्द्रका दिनेश पन्थी र बुद्धी जिसी मध्ये एक जना हुने बताइएको छ । पन्थी र जिसी मध्ये एक जनाको बुधवार साझँसम्म टुङ्गो माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ