gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी कांग्रेस नयाँ ढंगले जुर्मराउँदै, कार्यकर्ता जगाउन प्रशिक्षण र गाउँ केन्द्रित अभियान

टोपलाल अर्याल
गुल्मी, २९ पुस । नेपाली कांग्रेस पुरानो पार्टी तर गुल्मी कांग्रेसमा देखिएका नयाँ अनुहारबाट नागरिकका आशा पनि नयाँ नै छन् । त्यसैले सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ । कैयौँ पार्टीमा नेता र पार्टी कार्यालय बरिपरी पार्टीका बिचारहरु अडिएका छन् । पार्टीका अभियान अधिवेशन र निर्वाचन केन्द्रित मात्रै हुँदा कार्यकर्ता स्थिर बिचारमा छैनन् । त्यसको क्षति पार्टी स्वयंले व्यहोर्नु परेको छ । सोहि अवस्थालाई मध्येनजर गरेर नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित हुँदैछ । पहिलो कार्यक्रम गत पुस २७ गते ‘गुल्मी कांग्रेसको अठोट ः सवल वडा सक्षक टोल’ अभियान ९३ वटै वडामा सकिएको छ । सबै वडाका बैठक र भेलाले कार्यकर्ता उर्जा भरेको छ ।

नेता र नेतृत्व पनि क्रियाशिल भएका छन् । बिहिबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै सभापति खिलध्वज पन्थीले काग्रेसका बिचार र अभियानका बारेमा जानकारी दिए । उनले विधि र बिधान पार्टीको प्राण भएकाले पहिलो काम पार्टी भित्रका पुराना सोच, पद्धति र क्रियाकलापलाई परिस्कृत गर्ने भएको बताए । त्यसका लागि नियमित बैठक, टोल समिती, भातृ सस्थाहरुको गठन र कार्यालय स्थापनासंगै प्रविधीमैत्री कांग्रेस बनाउने योजना रहेको पन्थीले बताए । उनले पार्टी, नेता र कार्यकर्ता निर्वाचन र अधिबेशनमा मात्र जागेर नपुग्ने भएकाले कांग्रेसले त्यसबाट हुने क्षतिको क्षती महसुस गरेर टोल र वडालाई सवल र सक्षम बनाउने अभियान थालेको बताए । ‘टोल र वडा पार्टीका आधार हुन ।

त्यही ठाउँमा पुगेर नागरिकका मसिना काममा केन्द्रित हुन्छौ,’उनले भने,‘ ठुला आमसभा भन्दा टोल भेलामा जोड दिएका छो ।’ उनले अब तुरुन्त वडा, पालिका र क्षेत्रका सभापति र पदाधिकारीलाई प्रशिक्षण दिएर निर्वाचन केन्द्रित कार्यक्रम संचालन गर्ने बताए । साथै पत्रकारहरुको अभिवेशका हिसाब किताव कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा सभापति पन्थीले वडादेखिकै आम्दानी खर्चको विवरण संकलन भइरहेका केहि समयमा सार्वजनिक गर्ने बताए । पार्टी सचिव भगतसिंह खडकाले औपचारिकतालाई सकेसम्म कम गदै समय र परिणामलाई जोड दिइने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D