gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी कांग्रेसको मतदान रोकियो, जिल्ला सभापतिका लागि आइतवार ९ बजेबाट मतदान गरिने

अनिल खत्री
११ मंसिर, गुल्मी । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिका लागि रोकिएको मतदान आइतवार हुने भएको छ । शनिवार भएको मतदानमा मुसिकोट नगरपालिकामा केहि मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै बिवाद भएपछि मतदान रोकिएको थियो ।

मदतान सुचारु गर्न बसेको कांग्रेस गुल्मीको बैठकले रोकिएको मुसिकोट नगरपालिकाको मतदान आइतवार बिहान ९ बजेबाट सुचारु गरिने कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । शुक्रवारबाट सुरु भएको आठौं अबिधेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर बिच मतदान भएको छ ।

सभापतिका लागि ११ वटा स्थानीयतमा मतदान सम्पन्न भएको छ । सम्पन्न भएका पालिकाहरुको मतपेटिका नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालयमा राखिएको छ ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सचिव समेत रहेका पन्थी र महाधिबेशन प्रतिनिधी समेत रहेका मगर बिच शनिवार बिहानबाट मतदान सुरु भएको हो । अरु पदहरुमा पनि मतदान भएको छ । दुई जना जिल्ला उपसभापतिका लागि ५ जना बिच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटा बिच मतदान भएको छ ।

त्यस्तै २ जना जिल्ला सचिव पदका लागि ५ जना बिच प्रतिस्पर्धा भएको छ । जसअनुसार पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसी बिच मतदान भएको छ । त्यस्तै २ जना जिल्ला सहसचिव पदका लागि ४ जना बिच प्रतिस्पर्धा भएको छ । जसअनुसार धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनी बिच मतदान भएको छ ।

त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा पनि मतदान भएको छ । सदस्य पदमा झण्डै ४ दर्जन बिच प्रतिस्पर्धा भएको छ । महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना प्रतिनिधी रहेका छन् । नव निर्वाचित जिल्ला कार्यसमति ७ जना पदाधिकारी ४५ जनाको जिल्ला कार्यसमिति हुनेछ । अबिधेशनबाट आगामी ४ वर्षका लागि नेतृत्व चयन हुनेछ ।

जिल्ला कोषाध्यक्ष भने जिल्ला कार्यसमतिले पछि मनोनित गर्नेछ । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् । नेपाली कांग्रेस नेता डा.चन्द्र भण्डारीको गृह जिल्ला हो गुल्मी । महाधिबेशनको शुक्रवार भण्डारीले उद्घाटन गरेका थिए । दुबै युवा नेतृत्व रहेकाले कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D