gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी काँग्रेसद्वारा बाढि पहिरो पीडितलाई राहत प्रदान

रमेश विश्वकर्मा
गुल्मी, असार २५ । नेपाली काँग्रेस गुल्मीले बाढी पहिरो पीडितलाई राहत प्रदान गरेको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरका बाढी पहिरो पीडितलाई राहत प्रदान गरेको हो । गुल्मी काँग्रेसले पीडितलाई १ लाख ५० हजार बराबरको राहत प्रदान गरेको सचिव खिलध्वज पन्थीले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रमा खानेपानीको व्यापक समस्या, सबै सडकहरु अबरुद्ध, विद्युत अबरुद्ध लगायतका विभिन्न समस्याहरु उत्पन्न भएका कारण त्यहाँको स्थलगत अनुगमन पश्चात अति–आवश्यक खाद्यन्न सामग्री प्रदान गरिएको छ । पीडितलाई त्रिपाल ६१ थान, चामल १२ बोरा, चिउरा ५ बोरा, दाल २ बोरा, चाउचाउ ५५ प्याक, तेल १० लिटर, नुन १० किलो र पानी ४० प्याक लगायतका विभिन्न खाद्य सामग्री राहत स्वरुप त्यस वडाका अध्यक्ष चुराबहादुर खत्रीलाई प्रदान गरिएको हो ।

‘हस्तिचौरमा मानविय क्षति हुने गरि भएको विपत्तिका कारण सिंगो नेपाली काँग्रेस गुल्मी मर्माहत बनेको छ’ सभापति श्रेष्ठले भने, “काँग्रेस सुख र दुःखको साथी हो ।” मानविय क्षति हुने गरि गएको पहिरोका कारण १८ महिने बालक र ९ वर्षिय बालिकाले ज्यान गुमाउनु परेको त्यस दुःखद परिस्थितीलाई स्मरण गर्दै विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरि स्थापित गर्न सभापति श्रेष्ठले तिनै तहका सरकारलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा तत्कालै भूगर्भविदहरुको टोली लिएर अध्ययन गर्न सरकारसँग काँग्रेसले माग गरेको छ ।

तर पीडितले अहिलेसम्म आफुहरुलाई कुनै निकायले पनि सहयोग नगरेको बताएका छन् । अहिलेसम्म त्यहाँको स्थानीय सरकार मुखदर्शक बनेको स्थानीयहरुले बताएका हुन् । गुल्मी काँग्रेसले त्यहाँ राहत लिएर पुगेपछि प्रभावित क्षेत्रका पीडितहरु हर्षित बनेका छन् । काँग्रेसले यसपछि पनि श्रृङ्खलाबद्ध रुपमा राहत प्याकेज ल्याउने श्रेष्ठले घोषणा गरेका छन् । असार १८ गते परेको अविरल वर्षाका कारणबाट इस्मा गाउँपालिका वडा नं. १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो । बाढी पहिरोमा परेर दर्जनौ घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् ।

राहत प्रदान कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, उपसभापति विष्णुप्रसाद बलाल, कोषाध्यक्ष हरिबहादुर केसी, काँग्रेस नेता महेन्द्र भण्डारी, क्षेत्रीय सभापति भगत सिंह खड्का लगायतका काँग्रेस नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । राहत प्रदान गर्नको लागि गुल्मी काँग्रसलाई कर्मचारी बचत तथा ऋण सहकारी संस्था, नेपाल निजमति कर्मचारी युनियन (संघ) लगायतका विभन्न सामाजिक संघ संस्था र विभिन्न व्यक्तिहरुले सहयोग गरेका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D