gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी उद्योग वाणिज्य संघको साधरण सभा चल्दै, निर्माण सामाग्रीको मुल्यबृद्दीको बिरोध

प्रेम सुनार
गुल्मी, माघ ६ । गुल्मी उद्योग बाणिज्य संघको साधरण सभा अहिले सदरमुकाम तम्घास स्थित संघ कै सभाहलमा अहिले चलिरहेको छ । कार्यक्रमको उद्घाटन सत्रमा सिमेन्ट र फलाम जन्य सामग्रीहरुमा गरिएको मुल्यबृद्धि विरुद्ध निजी क्षेत्रका अगुवाहरुले आवाज उठाएका छन् ।

साधरण सभाका वक्ताहरुले सिमेन्ट र फलाम जन्य सामाग्रीमा १५ देखि २० प्रतिशत मुल्य बृद्धि भएको भन्दै विरोध जनाएका हुन् । साधरण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ ५ नम्वर प्रदेशका अध्यक्ष गुणानिधी तिवारी र केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले यसरी मुल्य बृद्धि हुँदा पनि के कारणले गरियो भनेर सरकारले खोजी नगरेको बताए ।

के कारणले एक्कासी मुल्य बृद्धि गरियो ? कसले ग¥यो ? नेपालका उद्योगपतिले ग¥यो कि भारतले यसको कारण त सरकारले खोज्नु पर्दछ अध्यक्ष तिवारी र केन्द्रय सदस्य श्रेष्ठले भने सरकारले खोज्नु पर्ने यो विषय अहिले हामी निजी क्षेत्रले खोज्नु परेको छ । त्यस्तै उनिहरुले बैंकहरुले धमाधम व्याज बृद्धि गर्दै आउँदा पनि नेपाल राष्ट्र बैंक वा अर्थमन्त्रालय मौन भएर बसेको विरुद्ध पनि आवाज उठाएका थिए ।
gulmi chamber of commerce and industries
अहिले निजी क्षेत्रबाट सञ्चालित बैंकहरुले ९ प्रतिशत व्याज १६ प्रतिशत सम्म बृद्धि गरेका छन् श्रेष्ठले भने जसका कारण हामी व्यवसायीहरु धराशायी हुँदै जाने भएका छौं । कार्यक्रम प्रदेश नम्वर ५ का सांसदद्धय सुदर्शन वराल, दिनेश पन्थी, गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, नेपाली कांग्रेसका उपसभापति विष्णु वलाल, नेकपा एमालेका सचिवालय सदस्य जंग नेपाली , रेसुङ्गा नगरपालिकाकी उपमेयर सिता भण्डारी , संघका संस्थापक अध्यक्ष नन्दराम भुसाल , पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

साधरण सभामा गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारप्रसाद भुसालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमा आगमी चैत्र १६ गते देखि २५ गते सम्म हुन गई रहेको तेश्रो गुल्मी महोत्सवलाई सफल पार्न विशेष जोड दिईएको छ । त्यस्तै कोषाध्यक्ष दुर्गाचन्द्र बोहराले पनि आर्थिक प्रतिवेदन पेश गरेका थिए । संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष श्रीप्रसाद भलामीको स्वागत मन्त्व , निवर्तमान अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको धन्यवाद मन्तव्य र महासचिव ताराप्रसाद भुसालको सञ्चालन रहेको थियो । उद्घाटन सत्र पछि अहिले बन्द सत्र चलिरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D