गुल्मी उद्योग वाणिज्य संघद्वारा हावाहुरी पीडितहरुको लागि आर्थिक सङ्कलन

रमेश विश्वकर्मा
गुल्मी, चैत २० गते । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले बारा र पर्साका हावाहुरीबाट भएका पीडितहरुको लागि आर्थिक सहयोग सङकलन गरेको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा बुधबार बारा र पर्सामा यहि चैत १७ गते आएको हावा–हुरीबाट भएका पीडितहरुको लागि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले स्थानीय व्यवसायीहरुबाट आर्थिक सहयोग सङकलन गरेको हो ।

बारा र पर्साका हावाहुरीबाट प्रभावितहरुका लागि ८० हजार रुपैँया मुख्यमन्त्री राहत कोष प्रदेश नं. २ मा जम्मा गर्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो ।

तम्घासका स्थानीय व्यवसायीहरुबाट रु ६० हजार ८ सय ५५ रुपैँया सहयोग स्वरुप सङकलन भएको र बाँकी रकम उद्योग वाणिज्य संघको कार्य समितिका पदाधिकारीहरुको व्यक्तिगत सहयोगमा रु १९ हजार १ सय ४५ रुपैँया सङ्कलन गरी मुख्यमन्त्री राहत कोष प्रदेश नं.२ मा जम्मा गरीने अध्यक्ष भलामीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ