gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी इस्माको कार्की गाउँ शोकमा, १२ जनाको सामुहिक दाहसंस्कार

टोपलाल अर्याल
गुल्मी, मंसिर १७ । बागलुङको बडिगाड गाउँपालिका ७ अल्छीबाङ्गमा भएको जिप दुर्घटनाले गुल्मी इस्माको कार्की गाउँ नै शोकमा डुबेको छ ।

मंगलबार जिप दुर्घटना हुँदा इस्माको कार्की गाउँका १४ जनाको मृत्यु भएसँगै गाउँ शोकमा डुबेको हो । जिप दुर्घटनामा एक जना बेपत्ता छन् भने तीन जना घाइते छन् ।

गुल्मीको इस्मा गाउँपालिका ४ पैयापाटाबाट बागलुङको निसि कुलपुजाको लागि लु १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान पौने १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा १ बालकसहित ९ महिला र ४ पुरुषको घटना स्थलमै शव फेला परेको भिङगिठे प्रहरीचौकीका प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवारले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

१२ जनाको सामुहिक दाहसंस्कार

दुर्घटनामा ज्यान गुमाएका मध्ये १० जनाको इस्मा गाउँपालिका ५ को हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा इस्मा गाउँपालिका ४ र ५ का १२ जना कार्की परिवारले ज्यान गुमाएका छन् । त्यसमध्ये वडा न ४ को पैयापाटाका मात्रै १० जना दुर्घटनामा परेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D