गुल्मी इस्माका पहिरो प्रभावितलाई रेडक्रसद्वारा त्रिपाल वितरण

मनु सुनार
गुल्मी, असार २३ । गुल्मीको इस्मा मल्दीका पहिरो प्रभावितलाई त्रिपाल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले हस्तीचौर उपशाखाको समन्व्यमा ५० थान त्रिपाल वितरण गरिएको हो । असार १८ गते राति अविरल वर्षासँगै मानविय क्षती हुने गरी गएको पहिरो प्रभावितहरुलाई त्रिपाल वितरण गरिएको हस्तीचौर उपशाखाका सभापति शेर बहादुर कुवँरले जानकारी दिए ।

त्रिपाल वितरण कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्री, इस्मा गाउँपालिका–१ का वडाअध्यक्ष चुरा बहादुर खत्री, विपद् व्यवस्थापन समितिका पुर्व संयोजक जंग बहादुर खत्री, जिल्ला समन्व्य समितिका सदस्य राममल्ल ठकुरी, रेडक्रस हस्तीचौर उपशाखा कोषाध्यक्ष बैकुण्ठ कुँवर, सह-सचिव नारायण कुवँर लगायतको टोलीले त्रिपाल वितरण गरेको थियो ।

उपसभापती कुवँरले पहिरो पीडितहरुको सहजताका लागि त्रिपालले ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यस अवशरमा नेपाली सेनाको सहयोगमा ११ घरधुरीलाई बस्न मिल्ने गरी अस्थायी टहराको व्यवस्थापन गरिएको छ । पहिरोबाट विस्थापित परिवारलाई अहिले हिमालय माध्यमिक बिद्यालय राखिएको छ । त्यस बिद्यालयमा ८० जनालाई व्यवस्थापन गरिएको कुवँरले जानकारी दिए । एघार घरधुरीलाई त्यस वडाको सारुटोलमा अस्थायी टहरा निमार्ण गरी व्यवस्थापन गरिएको छ । पहिरोबाट करिब १ सय १६ घरधुरी भन्दा धेरै विस्थापित भएका छन् ।

पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । अविरल वर्षाले घरगोठ बगाउँदा १८ महिनाका सुरज शारु र वर्ष ७ की अपेक्षा खत्रीको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ