Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी अस्पताल र मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण - Gulminews

गुल्मी अस्पताल र मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हुमाकान्त पोखरेल
गुल्मी, १७ जेठ । गुल्मी अस्पताल र मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गुल्मेली समाज, जापानको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ, गुल्मीको समन्वयमा उपलब्ध स्वास्थ्य सामग्रीहरु सोमबार हस्तान्तरण गरिएको हो ।

गुल्मी अस्पतालको लागि दुई हजार पिस सर्जिकल माक्स, गाउन पिपिई ४० थान, सेनिटाइजर ३५ लिटर र सात हजार सिटामोलका ट्याबलेट उपलब्ध गराइएको छ । त्यस्तै मालिका गाउँपालिकाको अर्खबाङ्ग स्वास्थ्य चौकीको लागि अक्सिजन दिने कन्सन्टेटर मेसिन प्रदान गरिएको छ । उक्त सामग्रीहरु प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या र मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसाललाई हस्तान्तरण गरिन् ।

सामग्री हन्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ शर्माले भौतिक रुपले शरिर टाढा भएपनि आफ्नो जिल्लाप्रति गरेको सहयोगको प्रशसां गरिन् । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डे, पत्रकार महासंघका प्रदेश परिषद् सदस्य ताराप्रसाद भुसाल, पत्रकार महासंघका कार्यसमिति सदस्य महोश बोहोरा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार महासंघका संस्थापन अध्यक्ष हरी कुमार श्रेष्ठको अध्यक्षता तथा कार्यसमिति सदस्य हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो । गुल्मेली समाज, जापानले जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्री पठाएको छ ।

समाजले कालिगण्डकी, सत्यवती, चन्द्रकोट, छत्रकोटको श्रृङ्गा स्वास्थ्य चौकी, मुसिकोटको वामी अस्पतालको लागि एक÷एक वटा अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको छ । मुसिकोटको अर्लाङकोट स्वास्थ्य चौकी र मुसिकोटकै कुर्घा स्वास्थ्य चौकीको लागि पनि संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका कार्यसमिति सदस्य नेत्र पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D