Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी अस्पतालका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण, पूर्व पदाधिकारीलाई सम्मान - Gulminews

गुल्मी अस्पतालका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण, पूर्व पदाधिकारीलाई सम्मान

हुमाकान्त पोखरेल
गुल्मी, ०६ चैत । गुल्मी अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेले पदभार ग्रहण गरेका छन् । आइतबार अस्पतालको नियमित बैठकको अवसर पारेर पाण्डेले पदभार ग्रहण गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख, रेसुङ्गा नगरपालिकाका मेयर एवम् प्रमुख जिल्ला अधिकारीले पाण्डेलाई पदभार ग्रहण गराएका हुन् । कार्यक्रमकै अवसरमा अस्पताल विकास समितिमा रहेर काम गर्ने पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख एवम् अस्पतालका पूर्व अध्यक्ष लक्षमण पराजुली, पूर्व सदस्य श्रीप्रसाद भलामी र माया श्रीसलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । सम्मान पत्र ग्रहण गर्दै समन्वय समिति प्रमुख पराजुलीले सम्मान गरेकोमा अस्पताललाई ध्रन्यवाद दिए । त्यसका साथै उनले आफ्नो कार्यकालमा सुधारको प्रयास गरेकोले उक्त कार्यलाई निरन्तरता दिन वर्तमान समितिलाई आग्रह गरेका थिए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले सबै मिलेमा अस्पतालको एकीकृत विकास हुन सक्ने धारणा राखे । त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्ड्यविक्रम पौडेलले संविधानले उल्लेख गरेका स्वास्थ्यसम्बन्धि अधिकार उपलब्ध गराउन सकेपनि उत्कृष्ट हुने बताए ।

नवनियुक्त अध्यक्ष पाण्डेले विगतमा भएका सुधारका कामलाई निरन्तरता दिने र थप काम गर्नेतर्फ आफ्नो समुह उन्मुख रहने प्रतिक्रिया दिए । त्यस्तै रिक्त रहेका दरबन्दीको पदपूर्ति गर्ने, अभाव रहेका औषधीको पूर्ति गर्ने लगायतका बिषयमा आफ्नो ध्यान रहने पाण्डेले बताए । कार्यक्रममा अस्पतालका निमित्त प्रमुख डाक्टर उत्तम पच्या, प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डे लगायत अस्पतालका विभिन्न कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D