gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीलोकतारा २ मा सुनार बने उत्कृष्ट प्रतिभा

अनिल खत्री
२६ साउन, गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मीशाखाले उच्च राशीको पुरस्कार सहित लोक गायन प्रतियोगितामा लक्ष्मण सुनार उत्कृष्ट प्रतिभामा छनोट भएका छन् । गत बैशाख १५ गते देखि गुल्मी जिल्लमा लोक बिधामा गीत गाउनेहरुका लागी गुल्मी लोकतारा २०७६ सिजन २ संचालन गरिएको थियो ।

‘पुरानाश्रष्टालाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथप्रतियोगिता राखिएको थियो । प्रतियोगितामागुल्मी दरवार गाउँपालिकाका, लक्ष्मण सुनारप्रथम, द्धितिय गोखा घर भएका निश्च लगुरुङ्ग, तृतिय सत्यवति गाउँपालिकाकी लालिमायाँ कुँवर र सानतना मामुसिकोट नगरपालिकाकी धनमायाँ रानाभएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेले क्रमश रु ५० हजार, द्धितिय हुनेले रु ३० हजार तृतियहुनेले रु २० हजार र सानतनाहुनेले रु १० हजार पाएको प्रतिष्ठान गुल्मीले जनाएको छ । जिल्लाको बिभिन्नग्रामीण स्थानमा पहिलो चरण १ सय६७ जनाबाट ३५ जनाबाट २१ जना र फाइनल प्रतियोगिताको लागि १० जना छनोट भएका थिए ।

प्रतियोगिताको शनिवार छैठौं जिल्लाअधिबेशनको अबसरमा छनोट गरिएको हो । छनोट कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव खुमन अधिकारी, सदस्य पुश्कल शर्मा, अञ्चल संयोजक लक्ष्मण खड्का, सदस्य खुमबहादुर खत्रीले निर्णयक भूमिकामा रहेकाथिए ।

प्रतियोगिलाई फाइनल कार्यक्रमा प्रत्यक्ष बाजाहरुमा ३ टुक्का गीत गाउन लगाइएको थियो भने केहि प्रतिशत भोटिङ्गमा पनि राखेर छनोट गरिएको हो । उत्कृष्ट छनोट भएका ४ जनामध्ये १÷१ जनालाई शैलीक्रियशनका रामचन्द्र चन्दलेले गीतको अडियो तयार पारिदिने, साथी मिडियाले भिडियो तयार गरिदिने, गीतकार हुम गैरेले गीतको शब्दतयार गरिदिने, गायक खुमन अधिकारीले गीतको लय तयार गरिदिने र गायक पुश्कल शर्माले गीतमा अभिनय गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

फाइन कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय निर्वतमान अध्यक्षचन्द्र शर्मा, महासचिव सुवास केसी, प्रदेश ५ कापूर्व अध्यक्ष डिल्लीनारायण पाण्डेय, कलाकारहरु हुम गैरे, नारायण बिपि परियार, उज्जवल गिरी, रामप्रसादपौडेल, नन्दु परियार लगायत २ दर्जन वढि कलाकारहरु सहभागिथिए ।कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउँघरमा लुकेकाप्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्तले बताए ।

यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहनगर्न मद्दत,लोप हुनलागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ ।

प्रतिष्ठान गुल्मीशाखाले ०७१ सालमापनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष पन्तले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D