gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ९ महिना पछि बन्द हाटबजार सुरु

अनिल खत्री
१२ पुस, गुल्मी । गुल्मीमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गतवर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार पुन सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अत्य गर्न हाट बजार सञ्चालन गरेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री पाएका छन् । सञ्चालन भएको केहि महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो ।

फेरि रेसुङ्गा नगरपालिकाले सञ्चालनमा ल्याएको छ । सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा ठगिनबाट बच्ने उदेश्य नगरपालिकाले सञ्चालनमा ल्याएको हो । यसले गर्दा तरकारी किन्ने र बिक्री गर्ने कृषकहरु उत्साहित छन् ।

सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन आएको छ । बन्द हाटबजार पहिले जस्तै गरि सञ्चालन ल्याइएकेरेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए ।

कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अत्य गर्न  कृषकको उत्पादनलाई नगरपालिकाले घरमै पुगेर ल्याए बिक्री गर्न थालेको पन्थीले बताए ।  

नगरपालिकाले सिधै कृषकबाट खरिद गरेर ल्याए बिक्री गर्दा कृषकहरु बिचौलियाको मारमा पर्नबाट बञ्चीत भएका छन् ।  हाटबजारको कृषि उपजहरु बजारको भन्दा धेरै सस्तो रहेको नगरपालिकाको दावी छ ।

हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो । कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको छ ।

अहिले रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाका अन्य स्थानिय तहबाट समेत कृषि उपज खरिद गरी हाटबजार मार्फत बिक्री बितरण गरेको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बिक्रीे गर्नको लागी डोकामा बोकेर बजार बजार धाउन नपर्ने भएको छ ।

कृषककै घरमा प्रत्येक हप्तामा ६ दिन गाडि आउने भएकोले कृषकहरु डोको बोकेर बजारमा आउने समय आफ्नै बारीमा उत्पादनमा लगाएर बढी फाईदा लिन पाउने भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D