गुल्मी, जेठ २१ । गुल्मी जिल्लामा विद्यार्थीबाट एक शिक्षक कुटिएका छन् । गुल्मीको मालीका गाउँपालिका ५ छाँपले सागवारिमा रहेको छाँपहिले माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययन गर्ने छात्र गणेश कार्कीले सोही विद्यालयका शिक्षक लोकेश गिरीलाई आइतबार कुटपिट गरेका हुन् ।
पटक पटक विद्यालयको नियम विपरीत कार्यगर्दे आएकोले शिक्षकले विद्यार्थीलाई सम्झाउने बेला शिक्षक माथि नै जाइलागेको बताइएको छ। शिक्षक माथि नै यस्तो दुरव्यवहार गर्ने विद्यार्थीलाई एकबर्ष सम्म विद्यालयबाट निष्कासित गरिएको विद्यालयका प्रधानाध्यापक धनु गिरिले बताए ।







