गुल्मीमा ८८ जना विद्यार्थी एसईइ परीक्षा दिनबाट बञ्चित हुने

गुल्मी, फागुन २८ – आउँदो चैत ८ गतेबाट २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने भएका छन् ।

बञ्चित हुने विद्यार्थीहरु मध्ये ७५ प्रतिशत हाजिरी नपुगेका र अन्य केही विद्यार्थीहरु विभिन्न कारणले विद्यालय छोडेका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताउनुभयो ।

गएको वर्ष पनि जिल्लामा १ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए । यस वर्ष गुल्मी जिल्लाबाट नियमित तर्फ ४ हजार ८ सय ८८ जना विद्यार्थीहरुले माध्यामिक शिक्षा परीक्षा एसईई दिँदैछन् ।

एक्जाम्टेड तर्फ ६८ जना र प्राविधिक तर्फ ९७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ