गुल्मीमा ८३ करोड रुपैँया भन्दा बढि राजस्व संकलन

टोपलाल अर्याल
गुल्मी, ९ साउन । करदाता सेवा कार्यालय गुल्मीले ३२ करोड ९१ लाख ३२ हजार दुई सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आयकर, मुल्य अभिवृद्धि कर र अन्त:शुल्क लगायतका शिर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

आयकर तर्फ १७ करोड एक लाख ६४ हजार, मुल्य अभिवृद्धि कर १३ करोड ५० लाख पाँच हजार र अन्तशुल्क ७४ लाख एक हजार संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीको कर अधिकृत जमुना गिरीले जानकारी दिइन् । अन्य विभिन्न शिर्षकमा पनि एक करोड ६५ लाख ६२ हजार दुई सय ६६ रुपैयाँ रावश्व संकलन भएको छ ।

आर्थिक बर्ष ०७७÷०७८ मा कार्यालयले २३ करोड १६ लाख ३७ हजार सात सय २२ रुपैयाँ रावश्व संकलन गरेको थियो । यो बर्ष करिव १० करोड बढि रावश्व संकलन भएको अधिकृत गिरीले बताइन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि तीन करोड ८० लाख सात हजार सात सय ४२ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासन कार्यालयमा राहादानीबाट सवैभन्दा बढि रावश्व संकलन हुने गर्दछ ।

आर्थिक बर्ष ०७७÷०७८ मा जिल्ला प्रशासन कार्यालय गुल्मीले एक करोड ७१ लाख २२ हजार सात सय रुपैयाँ राजश्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरले जानकारी दिए । प्रशासन कार्यालयमा आर्थिक बर्ष ०७७÷०७८ मा भन्दा दुई करोड ८८ लाख पाँच हजार ४२ रुपैयाँ बढि राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ५९ लाख ४६ हजार एक सय १६ र जिल्ला अदालतले ३२ लाख ८७ हजार तीन सय ३८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिले ४१ लख ७९ हजार पाँच सय ७० रुपैयाँ राजश्व संकलन गरेको छ । छुटका कारण कार्यालयले गत बर्षभन्दा कम बजेट संकलन गरेपनि प्रदेशका कार्यालयहरुमा प्रगती राम्रो भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले बताए । जिल्लामा ८३ करोड २७ लाख ५१ हजार दुई सय ७८ रुपैयाँ राजश्व संकलन भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ