gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ७५ प्रतिशत मत खस्यो, महिलाको उपस्थिती उत्साहजनक : २०८ मत बढि

टोपलाल अर्याल
गुल्मी, १४ मंसिर। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । दुई हजार ४८ जम्मा मतदातामा १५ सय ४४ मत मात्रै खसेको छ । दुई मतदान स्थल मध्ये ‘क’ मा चार सय २७ महिला र तीन सय ६१ पुरुषले मतदान गरेका छन् ।

यो मतदान स्थलमा पुरुषभन्दा ६६ जना बढि महिलाले मतदान गरेको मतदान अधिकृत शान्ति शर्माले बताए । त्यस्तै ‘ख’ मतदान केन्द्रमा चार सय ४९ महिला र तीन सय सात पुरुषले मतदान गरेको ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत कृष्णशरण लामिछानेले जानकारी दिए । यो मतदान स्थलमा पुरुषभन्दा एक सय ४२ जना बढि महिलाले मतदान गरेका छन् । जनज्योती माविमा शनिबार बिहानबाट साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको थियो ।

निर्वाचनका लागि दुई जना मतदान अधिकृत, चार जना सहायक मतदान अधिकृत, आठ स्वयमसेवक र दुई जना सहयोगी गरि १४ जना कर्मचारी मतदान स्थलमा खटिएका थिए । मतदान स्थलमा महिला, पुरुष र अशक्तहरुको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो । मतदान पश्चात मुचुल्का उठाएर मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा लगिएको छ । बेलुकीबाटै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले बताए ।

मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडाअध्यक्ष पदका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावी प्रतिस्प्रर्धामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट गिरीप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी तथा स्वतन्त्रको तर्फबाट मनबहादुर दर्लामी रहेका छन् ।

तीन जना उमेदवारनै मतदान स्थलमा उपस्थित थिए । नेकपाका सिंजालीले वडाध्यक्ष हुने दाउमा निर्वाचित वडा सदस्यबाट राजिनामा दिएर उमेदवार बने । भने नेपाली कांग्रेसका दर्लामी तेस्रो पटक चुनावी मैदानमा छन् । उनी ०५६ सालमा ८१ र ०७४ सालको चुनावमा नौ मतले पराजित भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D