gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा ६७ हजारले बनाए राष्ट्रिय परिचय पत्र

हुमाकान्त पोखरेल
गुल्मी, ११ पुष। गुल्मीमा ६७ हजारले राष्ट्रिय परिचय पत्र बनाएका छन् । गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट सुरु भएको परिचय पत्र बनाउने कार्यअन्तरगत हालसम्म कुल ६७ हजार २५१ जनाले राष्ट्रिय परिचय पत्र बनाएका हुन् । अहिलेसम्म गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा दर्ता कार्य भइरहेको छ । सम्पन्न भएका तीन स्थानीय तहमा मात्रै कुल ४३ हजार ११० जनाले राष्ट्रिय परिचय पत्र बनाएको विवरण दर्ता अपरेटर सुनिता कडेंलले जानकारी दिइन् । गुल्मीदरबार गाउँपालिकामा ११ हजार ६६७ जनाले राष्ट्रिय परिचय पत्र बनाउने आकंलन गरिएकोमा ११ हजार ९०५ जनाले बनाएका छन् । धुर्कोट गाउँपालिकामा ११ हजार ७०३ जनाले परिचय पत्र बनाउने लक्ष्य लिएकोमा १० हजार ५८० जनाले बनाएका छन् ।

छत्रकोट गाउँपालिकामा १२ हजार ६७१ जनाले परिचय पत्र बनाउने लक्ष्य लिइएकोमा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा १० हजार ७१७ जनाले बनाउने अनुमान गरिएकोमा नौ हजार ७८० जनाले परिचय पत्र बनाएका छन् । मुसिकोट नगरपालिकाका वडा नम्बर १ पौदी अमराई, २ मुसिकोट र ३ पेगामा परिचय पत्र बनाउने काम सकिएको छ । मुसिकोटमा अहिलेसम्म सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाले परिचय पत्र बनाएको जनाइएको छ । मुसिकोटमा १५ हजार ९२९, रुरुक्षेत्रमा ११ हजार ९४ तथा मालिकामा १० हजार ५९३ जनाले परिचय पत्र अनुमान गरिएको अपरेटर कडेंलले जानकारी दिइन् ।

जिल्लाका अझै ६ वटा स्थानीय तहमा परिचय पत्र बनाउने काम बाँकी छ । रेसुङ्गा नगरपालिका, इस्मा, कालिगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिकामा परिचय पत्रको काम बाँकी रहेको छ । अहिले संचालन भइरहेका पालिकामा काम सम्पन्न गरी बाँकी स्थानीय तहमा जाने कार्यक्रम रहेको छ । राष्ट्रिय परिचय पत्र वितरणको लागि अहिले गुल्मीमा जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ जना कर्मचारी रहेका छन् ।

हराएको तथा नयाँ नागरिकता बनाएपछि प्रशासन कार्यालयमै राष्ट्रिय परिचय पत्र बनाउने सुविधा समेत रहेको छ । अब करिब एक महिनामा सबै पालिकामा राष्ट्रिय परिचय पत्र बनाउने काम सकिने अपरेटर कडेंलको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D