अनिल खत्री
गुल्मी, साउन ११ । गुल्मीमा आर्थिक वर्ष २०७३÷०७४ मा ट्राफिक कारवाहीबाट ३२ लाख १ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । गत वर्ष भन्दा दोब्बर वढीले जिल्लामा राजस्व संकलन भएको छ । बिभिन्न सवारी साधानहरुले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हल्दार देबिप्रसाद पौडेलले जानकारी दिए ।
जिल्लामा एक वर्षको अन्तरालमा ५ हजार २ सय ९२ सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा ट्रकबाट २ लाख ७६जार, बसबाट ३ लाख ९७ हजार,जिपकारबाट १० लाख २० हजार ४ सय, ट्याक्टरबाट १ लाख ९० हजार र मोटरसाइकलबाट १३ लाख १७ हजार ६ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सवारी साधनले ट्राफिक नियम मिचेर सवारी वढी राख्ने, बिलबुक, लाइसेन्स साथमा लिएर नहिने, सवारी बोक्ने गाडीमा ओभरलोड सामान राख्ने जस्ता सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम श्रेष्ठले जानकारी दिए । जिल्लामा एक वर्षमा ट्रकबाट ७ सय ५ वटा, बस ३सय ४६वटा ट्याक्टर ३ सय ४६ वटा, जिपकार १हजार ४ सय ३८ वटा र मोटरसाइकल २ हजार ४ सय ३७ वटा सवारीले साधनले ट्राफिक नियम बिपरित सञ्चालनको क्रममा कारवाहरीमा परेको प्रमुख श्रेष्ठले जानकारी दिए । गत आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लामा १६ लाख १४ हजार ६ सय राजस्व संकलन भएको थियो । जिल्लामा ३ हजार ७ सय ४० वटा सवारी कारवाहीमा परेका थिए ।







