अनिल खत्री
५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट रू २ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड़ रुपैयाँमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर जिल्लामा १ हजार बढि संक्रमित भएका छन् । जिल्लामा थप सुबिधासम्पन्न अस्पताल नहुदा धेरै जना बिरामी ठूलो रकम खर्चेर काठमाडौं लगाएतका शहरमा लैजानु पर्ने बाध्यता रहको छ ।
तर जिल्लामै ५ शैंयाको आइसियु स्थापन भए धेरै राहत मिल्नेछ । यस अघि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । त्यस्तै रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको नेपालीले बताए ।