gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा ५ युवाद्धारा महिलालाई सामुहिक बलात्कार

प्रेम सुनार
गुल्मी, असौज– २० । केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवा प्रहरीद्धारा पक्राउ परेका छन् ।

फोटो : टोपलाल अर्याल

असौज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया ‘गुल्मी ४७ ( एस ) ’नाम परिवर्तित महिलालाई वलात्कार गरेको अभियोगमा ५ जना युवालाई पक्राउ गरी आज शुक्रबार जिल्ला अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
‘हामीले कतै सुचना पाएर गएका होईनौ, गस्ती गर्ने क्रममा त्यस स्थानमा कुनै न कुनै प्रकारको अपराध भएको पाए पछि तलासी गर्दै जाँदा ति महिला बलात्कारको शिकार भएको पाईए पछि अभियुक्त युवा पाँच जनालाई पक्राउ गरेका हौं , डिएसपी थापाले भने–‘आजै अदालतमा म्याद थप गरी अन्ुसन्धान अगाडी बढाएका छौं । ’
उनका अनुसार बलाात्कार अभियोगमा म्सिकोट नगरपालिका वडा नम्वर–१ ढाँडा निवासी वर्ष १६ का बुद्ध नेपाली , सोही उमेरका रेशम नेपाली , सुरेश नेपाली , वर्ष १८ का हरि खत्री र वर्ष २४ का ध्ुर्व थापालाई प्रहरीले पक्राउ गरेको छ । अभियोगी पाँचै जना प्रहरी हिरासतमा रहेका छन् ।
पहिलो स्थानमा कोदोवारी माडिएको थियो । त्यस भन्दा तल्लो थप माड्रिएको कोदोवारीमा ति महिला बेहोस अवस्थामा थिईन् । प्रहरी श्रोतका अनुसार ति महिला मानसिक सन्तुलन गुमाएकी महिला हुन् ।
त्यस दिन मुसिकोट नगरपालिका १ को थामडाँडास्थित छत्रदेवी कोटमा सराएँ नाच चलेको थियो । साँझ अवेर सम्म सराएँ हेर्न आएका मानिसहरुको ठुलो चहल पहल थियो । घटना स्थल नजिकैका पसलहरुमा मदिरा बेचविखन व्याप्त थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D