gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ४ दिनमा ५ सय जनाले लगाए कोरोना खोप

हुमाकान्त पोखरेल
गुल्मी, १९ माघ । गुल्मीमा हालसम्म पाचँसय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १५ गते बिहिबारदेखि सुरु भएको खोप कार्यक्रम अन्तर्गत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

शुक्रबार सुरुको दिन १५ गते ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाईकर्मी र चारजना एम्बुलेन्स चालक गरी कुल १०१ जनालाई खोप प्रदान गरिएको थियो । १६ गते शुक्रबार ८७ जना स्वास्थ्यकर्मी, २७ जना सरसफाईकर्मी र सहयोगी, तीनजना एम्बुलेन्स चालक, आठजना औषधी व्यवसायी र एकजना फोहोर फाल्ने गाडीका सह–चालक गरी कुल १२६ जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

त्यस्तै १७ गते शनिबार ८७ जना स्वास्थ्यकर्मी, २६ जना सहयोगी, पाचँजना महिला स्वास्थ्य स्वयम्सेविका र दुईजना एम्बुलेन्स चालक गरी कुल १२० जनालाई खोप प्रदान गरिएको छ । भने आइतबार १६४ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले जानकारी दिए । जिल्लामा २४ गतेसम्म कुल एक हजार ८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने छ । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधी व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् । जसको लागि चार हजार १८० डोज खोप आइसकेको छ ।

पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D