Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा ३८९ जनाले जिते कोरोना, संक्रमितको सङ्ख्या न्यून - Gulminews

गुल्मीमा ३८९ जनाले जिते कोरोना, संक्रमितको सङ्ख्या न्यून

हुमाकान्त पोखरेल
गुल्मी, २५ भदौ । गुल्मीमा हालसम्म ३८९ जनाले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका सबै स्थानीय तहमा कुल ४२५ संक्रमित भएमध्ये ३८९ जनाले कोरोना जितेका हुन् । हालसम्म महिला ७४ संक्रमित भएकोमा ६४ जना र पुरुष ३५१ संक्रमित भएकोमा ३२५ जना कोरोनामुक्त भएका छन् ।

मदाने गाउँपालिकामा संक्रमित भएका कुल ११ जनामध्ये १० जना, मुसिकोट नगरपालिकामा संक्रमित भएका २२ जनामध्ये १७ जना, रेसुङ्गा नगरपालिकामा संक्रमित भएका ५६ जनामध्ये ५४ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिकामा संक्रमित भएका ३६ जनामध्ये ३४ जना, छत्रकोट गाउँपालिकामा संक्रमित भएका ४५ जनामध्ये ४४ जना, मालिका गाउँपालिकामा संक्रमित भएका १६ जनामध्ये सबै, चन्द्रकोट गाउँपालिकामा संक्रमित भएका २७ जनामध्ये २१ जना संक्रमण मुक्त भएका छन् ।

इस्मा गाउँपालिकामा संक्रमित भएका ६४ जनामध्ये ५८ जना, कालिगण्डकी गाउँपालिकामा संक्रमित भएकामध्ये दुई जनामध्ये सबै, धुर्कोट गाउँपालिकामा संक्रमित भएका ४१ जनामध्ये ४० जना, गुल्मीदरबार गाउँपालिकामा संक्रमित भएका ७० जनामध्ये ६५ जना, सत्यवती गाउँपालिकामा संक्रमित भएका ३४ जनामध्ये २८ जना निको भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोना संक्रमितको सङ्ख्या भने अत्यन्तै न्यून रहेको छ । हाल जिल्लामा कुल ३३ जना मात्रै कोरोना संक्रमित रहेका छन् । जसमध्ये २४ पुरुष र नौ जना महिला रहेका छन् । संक्रमित सबै स्थानीय तहको संस्थागत आइसोलेशनमा रहेका छन् ।

जिल्लाका पाचँ स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । मदाने, छत्रकोट, मालिका, धुर्कोट र कालिगण्डकी गाउँपालिका कोरोना संक्रमणमुक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी आचार्यले जानकारी दिए । जिल्लामा हालसम्म तीनजनाको भने कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D